६ माघ २०८२, मंगलबार | January 21, 2026

अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री किराँती



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको आज तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए। उनले भने, “यो नै पूर्ण सुधार होइन । तर क्रमिकरुपमा सुधार भइरहेको छ । यसबाट म आंशिक सन्तुष्ट छु । २४सै घण्टा खटेर विमानस्थललाई सुन्दर बनाउने ब्यूटीसियनलाई विशेष धन्यवाद छ ।”

बिहानै पुगेका मन्त्री किराँतीले विमानस्थलको सबै सेवाको सुधारबारे स्थलगत अनुगमन गरेका थिए । विमानस्थलको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्यूआर कोड सञ्चालनमा ल्याइनुले सेवाग्राहीलाई थोरबहुत सहज बनाउने अपेक्षा उनको छ । हरेक ३० मिनेटमा शौचालय अनुगमनको व्यवस्थासमेत गरिएको छ । सेवाग्राहीको सहजता नै आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्री किराँतीले यो सुधारले आफूलाई नभएर सेवाग्राहीलाई सन्तुष्ट बनाउने विश्वास व्यक्त गरे ।

“तपाईहरूको मेहनत र परिश्रमले सेवाग्राहीलाई सहज वातावरण बनाउनेदेखि हाम्रो विमानस्थलप्रति उहाँहरूलाई अपनत्व पनि महसुस गराउनेछ”, उनले भने ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मन्त्री किराँतीले पाँच सय ट्रलीको मूल्यङ्कन गरी आर्थिक प्रस्तावनासमेत तयार गर्न निर्देशन दिएका छन् । सरसफाइका साथै स्तरीय यात्रुसेवा सुविधा दिन विमानस्थलका पदाधिकारीलाई उनले आग्रह गरे । मन्त्री किराँतीले तुलनात्मकरूपमा सुधार भएकामा विमानस्थलको टोलीलाई धन्यवाद दिँदै बाँकी काम चाँडो टुङ्ग्याउन आग्रह गरेको प्रवक्ता सिटौलाले जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ११ : ०९ बजे

बुधबार (भोलि) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनका लागि मंगलबार उम्मेदवारी

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र सबैभन्दा कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

बाँकेमा ६० जनाको उम्मेदवारी दर्ता, नेकपाका १ जनासहित २ जनाको दर्ता पेण्डिङमा (सूचीसहित)

नेपालगन्ज । ३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेका तीनवटा क्षेत्रमा

भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार

काठमाडौं । निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१

मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बन्यो : कावा प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका