२० माघ २०८२, मंगलबार | February 3, 2026

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै



काठमाडौं । सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बिहीबार नै बस्ने भनेर अन्तिम समयमा स्थगित भएको बैठक शुक्रबार बिहान ९ बजे बस्ने जनाइएको छ ।

बैठकमा राष्ट्रपतिको निर्वाचन, सत्ता साझेदार दलहरुबीचमा देखिएको समस्या लगायतबारे छलफल हुने जनाइएको छ ।

यसअघि बिहीबार नै दिउँसो ३ बजे संयन्त्रको बैठक बस्ने भनिएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र संयन्त्रका संयोजक समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएपछि शुक्रबार सम्मलाई बैठक सरेको थियो ।

बिहीबारको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ९ बजे बैठक बस्ने बताएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि पहिलोपटक संयन्त्रको बैठक बस्न लागेको हो । नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका सभापति रवि लामिछानेले पुनस् नागरिकता प्राप्त गरी गैरसांसद मन्त्रीको गृह मन्त्रालयको नेतृत्व गर्न खोजे पनि गृह मन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।

बैठकको प्रमुख एजेन्डा भने फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको विषय भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्ड र उनको दल माओवादी केन्द्रका नेताहरुले राष्ट्रपतिका सन्दर्भमा राष्ट्रिय सहमति बन्नुपर्ने बताउँदै आएका छन् ।

ओली र एमालेका नेताहरुले भने प्रचण्डको नेतृत्वमा सरकार गठनका बेलाको जस्तै राष्ट्रपति आफ्नो पार्टीले अघि सारेको उम्मेदवार हुनुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ८ : ३५ बजे

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा

जलेश्वर  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नं

सम्बन्ध सहकारीद्वारा स्थापना दिवसमा साधना विद्यालयलाई शैक्षिक सामग्री प्रदान

बुटवल । बुटवल-११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो