२० मंसिर २०८२, शनिबार | December 6, 2025

जनमत र उन्मुक्तिका नेता जानै छाडे संयन्त्रको बैठकमा



काठमाडौं । सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा दुई घटक दल सहभागी हुन छाडेका छन् ।

केही दिनयता विकसित राजनीतिक घटनाक्रममा उनीहरु संयन्त्रको बैठकमा सहभागी नहुनुलाई अर्थपूर्ण रुपमा हेरिन थालिएको छ ।

गत शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सत्तारुढ दल जनमत र नागरिक उन्मुक्ति पार्टी सहभागी भएन । नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा सुदूरपश्चिममा बनेको एमालेको सरकार ढल्न पुग्यो भने सत्ता गठबन्धनको हातबाटै गुमेको सरकारको नेतृत्व कांग्रेसले पाएको छ ।

यसको भोलिपल्ट शुक्रबार बसेको संयन्त्रको बैठकमा नागरिक उन्मुक्ति मात्र होइन जनमत पार्टी पनि सहभागी भए ।

आइतबार पनि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा संयन्त्रको बैठक बसिरहेको छ । जसमा उन्मुक्ति र जनमतका नेता सहभागी छैनन् ।

जारी बैठकमा संयन्त्रको संयोजक तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १० : ५८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय