२० मंसिर २०८२, शनिबार | December 6, 2025

उच्चस्तरीय राजनीतिक संयन्त्र बैठकमा राष्ट्रपतिबारे कुनै छलफल भएन



काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रपति निर्वाचनबारे कुनै छलफल भएन ।

आज बसेको बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे कुनै छलफल नभएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।

‘राष्ट्रपतिको निर्वाचनबारे छलफल भएन । बाहिर आएका कुराहरु भ्रमपूर्ण छन्,’ लिङ्देनले भने, ‘हामीले यो सरकार निर्माणको क्रममा जुन सहमति कायम गरेका थियौं, त्यो सहमतिमा अहिले सत्ता साझेदार दलहरुबीच कुनै विमती छैन । त्यो सहमतिमा कुनै परिवर्तन गर्नुपर्यो भने पनि सहमतिबाटै हुन्छ ।’

बैठकमा सत्ता साझेदार दलहरु आगामी दिनमा पनि थप छलफल र सहकार्यलाई निरन्तरता दिन सहमत भएका छन् । बैठकमा रास्वपाका सभापति रवि लामिछानेले चितवन २ मा छिटो उपनिर्वाचन गर्नुपर्ने माग गरेका थिए । रास्वपालाई पुनः सरकारमा ल्याउनेबारे पनि छलफल भएको लिङ्देनले बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङदेन सहभागी थिए ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १२ : १६ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति