१६ असार २०८३, मंगलबार | June 30, 2026

तिलोत्तमामा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पुरा



तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको वडा नम्बर-४ स्थित जनज्योती खेल मैदानमा भोली फागुन १ गतेदेखि हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ ।

तिलोत्तमा नगरपालिकाको आयोजनामा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख गंगाराम आचार्यले जानकारी दिए । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मैदान निर्माण लगायत अन्य सम्पुर्ण तयारी पूरा भएको खेलकुद संचालन समितिका सदस्य तथा व्यवस्थापक दिपक खनालले बताए ।

चौथो राष्ट्रपति रनिङ्ग शिल्डको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्ने भएका छन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका संयोजक नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख गंगाराम आचार्यलेले रनिङ्ग शिल्ड प्रतियोगिता विद्यार्थीहरुलाई विद्यालय स्तरबाटै खेलकुदमा रुचि जगाउने र उनीहरूको प्रतिभा पहिचान गराउने भएकोले यसलाई खेल महोत्सवकै रूपमा लिएर उत्साहका साथ सहभागी हुन आह्वान गरेका छन् ।

यस प्रतियोगितालाई नगरपालिकाकै गरिमाको रुपमा हेरिएको बताउदै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सबै बिद्यालय, बिद्यार्थी तथा अभिवावकहरु र खेलप्रेमी महानुभावहरुलाई सो प्रतियोगितालाई आ आफ्नो तवरबाट सहभागिता जनाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

प्रतियोगितामा नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी ३६ विद्यालयले सहभागीता जनाउनेछन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ३० स्वर्ण पदकका लागि चार हजार बढी खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा भलिबल, कबर्डी, एथलेटिक्स र मार्सल आर्टसका विभिन्न विधामा खेल सञ्चालन हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका सचिवालय सदस्य एवं कुँवरवर्ति अंग्रेजी माध्यामिक बिद्यालयका प्रधानाध्यापक दिपक खनालले बताए ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ५ : ३८ बजे

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी