१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

प्यारामाउण्ट माध्यमिक विद्यालयमा हाजिरजवाफ सम्पन्न



बुटवल । प्यारामाउण्ट अन्तर मा वि जिल्ला स्तरिय रनिङशिल्ड हाजिर जवाफ प्रतियोगिताको उपाधि बुटवलको एभरेष्ट माध्यमिक विद्यालयले जितेको छ ।

तिलोत्तमा वडा नं. १ मा रहेको प्यारामाउण्ट माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न प्रतियोगितामा ४० विद्यालयलाई पछि पार्दै एभरेष्टले उपाधि हात पारेको हो ।

प्रतियोगितामा गत सिजनको विजेता न्यू होराईजन बोडिङ स्कुल द्धितिय भयो । त्यसैगरी सिद्धार्थ मेमोरियल ईङलिस स्कुल तृतिय भयो । ज्ञानपुञ्ज बोडिङ स्कुल र प्रभात बोडिङ स्कुल शान्त्वना हुन सफल भए ।

विजयी विद्यार्थीहरुलाई तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांण, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रसाद सापकोटा, विद्यालयका संस्थापक प्राचार्य दामोदर भुसाल, तिलोत्तमा वडा नं. १ की वडा अध्यक्ष फर्सुराम गिरी लगाएतले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले नगर भित्र रहेका सामुदायिक एवं संस्थागत विद्यालयहरुको शैक्षिक उन्नयनका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

विद्यालयका संस्थापक प्राचार्य दामोदर भुसालले विद्यार्थीहरुको बौद्धिक क्षमतालाई प्रस्फोटित गर्ने उद्देश्यले हरेक बर्ष जिल्ला स्तरिय रनिङ शिल्ड हाजिर जवाफ प्रतियोगिताको आयोजना गर्दै आएको बताए ।

४० वटा विद्यालय सहभागि रहेको प्रतियोगितामा पहिलो चरणमा प्रतिस्पर्धा बाट टप ४ वटा विद्यालय दोस्रो चरणमा प्रवेश गरेका थिए भने पुर्व विजेता न्यू होराईजन सिधै टप ५ मा पुगेको थियो ।

२०५२ सालदेखि हाजिरि जवाफ प्रतियोगिता गर्दै आएको प्यारामाउण्ट विद्यालयमा हाल २ हजार ५ सय विद्यार्थी रहेका छन् ।
प्रतियोगिताको उद्घाटन सत्र शिक्षक दिवाकर पन्थीले गरेका थिए भने शिक्षकहरु अर्जुन बस्यल, कमल ढकाल, मोहन केसी र किसन भटट्राईले हाजिरि जवाफको कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ६ : ३३ बजे

दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

काठमाडौं । स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति

पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै

नवलपरासी । पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुईवटा कार्यालय

आजको मौसम : देशभर आंशिक बदली हुने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको