१० असार २०८३, बुधबार | June 24, 2026

प्यारामाउण्ट माध्यमिक विद्यालयमा हाजिरजवाफ सम्पन्न



बुटवल । प्यारामाउण्ट अन्तर मा वि जिल्ला स्तरिय रनिङशिल्ड हाजिर जवाफ प्रतियोगिताको उपाधि बुटवलको एभरेष्ट माध्यमिक विद्यालयले जितेको छ ।

तिलोत्तमा वडा नं. १ मा रहेको प्यारामाउण्ट माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न प्रतियोगितामा ४० विद्यालयलाई पछि पार्दै एभरेष्टले उपाधि हात पारेको हो ।

प्रतियोगितामा गत सिजनको विजेता न्यू होराईजन बोडिङ स्कुल द्धितिय भयो । त्यसैगरी सिद्धार्थ मेमोरियल ईङलिस स्कुल तृतिय भयो । ज्ञानपुञ्ज बोडिङ स्कुल र प्रभात बोडिङ स्कुल शान्त्वना हुन सफल भए ।

विजयी विद्यार्थीहरुलाई तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांण, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रसाद सापकोटा, विद्यालयका संस्थापक प्राचार्य दामोदर भुसाल, तिलोत्तमा वडा नं. १ की वडा अध्यक्ष फर्सुराम गिरी लगाएतले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले नगर भित्र रहेका सामुदायिक एवं संस्थागत विद्यालयहरुको शैक्षिक उन्नयनका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

विद्यालयका संस्थापक प्राचार्य दामोदर भुसालले विद्यार्थीहरुको बौद्धिक क्षमतालाई प्रस्फोटित गर्ने उद्देश्यले हरेक बर्ष जिल्ला स्तरिय रनिङ शिल्ड हाजिर जवाफ प्रतियोगिताको आयोजना गर्दै आएको बताए ।

४० वटा विद्यालय सहभागि रहेको प्रतियोगितामा पहिलो चरणमा प्रतिस्पर्धा बाट टप ४ वटा विद्यालय दोस्रो चरणमा प्रवेश गरेका थिए भने पुर्व विजेता न्यू होराईजन सिधै टप ५ मा पुगेको थियो ।

२०५२ सालदेखि हाजिरि जवाफ प्रतियोगिता गर्दै आएको प्यारामाउण्ट विद्यालयमा हाल २ हजार ५ सय विद्यार्थी रहेका छन् ।
प्रतियोगिताको उद्घाटन सत्र शिक्षक दिवाकर पन्थीले गरेका थिए भने शिक्षकहरु अर्जुन बस्यल, कमल ढकाल, मोहन केसी र किसन भटट्राईले हाजिरि जवाफको कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ६ : ३३ बजे

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत