६ चैत्र २०८०, मंगलबार | March 19, 2024

होस्टेल बसेकी विद्यार्थी मृत्युमा अभिभावक नै दोषी रहेको प्यारामाउण्टको आरोप



बुटवल । होस्टलमा राखेर पढाईरहेको रुपन्देहीको प्यारामाउण्ट विद्यालयकी एक छात्रा उच्च ज्वरोका कारण मृत्यु भएको सम्बन्धमा विद्यालयले अभिभावकलाई दोष लगाएको छ ।

कोरोना माहामारीले विकराल स्वरुप ग्रहण गर्दा समेत सरकारले ताकेको मापदण्ड विपरित २५ जना भन्दा बढी विद्यार्थी एकै ठाँउमा भेला गरी कक्षा संचालन गर्ने तथा होस्टेल संचालन गर्दै आएको तिलोत्तमास्थित प्यारामाउण्ट स्कुलले विद्यार्थी मृत्युमा उल्टो अभिभावकलाई दोष लगाएको छ । होस्टेलमा रहेकै अवस्थामा बिरामी भएका विद्यार्थीलाई अस्पताल नलगी अभिभावक बोलाएर घर पठाएको सो विद्यालयले अभिभावकले समयमा अस्पताल नलगेका कारण विद्यार्थीको मृत्यु भएको बताएको हो ।

होस्टेलमा राखेर पढाई संचालन गरिरकै अवस्थामा गत वैशाख ११ गते विद्यालयले कक्षा १० मा अध्यनरत १५ वर्षीया विद्यार्थी प्रतिभा सापकोटालाई होस्टेलमै बिरामी परेपछि अभिभावक बोलाएर जिम्मा लगाएको थियो । अभिभावक विद्यार्थीका दाजु प्रकाश सापकोटाले स्थानीय क्रिमशन अस्पताल पु¥याए लगत्तै अस्पतालले प्रतिभाको मृत्यु भएको घोषणा गरेको थियो ।

प्यारामाउण्ट विद्यालयले बुधबार पत्रकार सम्मेलन गरेर बिरामी विद्यार्थीलाई अस्पताल नलगेर घर लगिएको भन्दै मृत्युमा अभिभावकको दोष रहेको जिकिर गरेको छ । विद्यालयले बिहान ७ बजे घर पठाएको विद्यार्थीको २ बजे मात्र मृत्यु भएको भन्दै अस्पताल समयमा नपु¥याईएका कारण मृत्यु भएको विद्यालयले दाबी गरेको छ । तर विद्यालयको होस्टेलमा बसेको विद्यार्थीलाई कोरोना कहरका बेला उच्च ज्वरो आउँदा अस्पताल लैजाने दायीत्व विद्यालयको भए नभएको बिषयमा भने स्पष्ट पारेको छैन ।

विद्यालयले पत्रकार बोलाएर विद्यार्थी नाचेकोदेखि बिदा भएर गएको भिडियो समेत देखाइरहँदा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड विपरित झण्डै सय विद्यार्थीसँगै नचाउनु, भेला गराउनु र एउटै कोठामा पढाउने विषयमा भने विद्यालयले केहि बताएको छैन ।

मृतक प्रतिभाका अभिभावकसहित अन्य अभिभावकले विद्यालय परिसर घेराउ गरेर विरोध जनाएपछि अभिभावकसँग भएको सम्झौता समेत कार्यान्वयन नगर्ने बिद्यालयले संकेत गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष राम गिरीले दवावमा पारेर विद्यार्थीको नाममा १० लाख अक्षय कोष र विद्यालय परिसरमा मृतक छात्राको प्रतिमा बनाउने सम्झौतामा हस्ताक्षर गराइएको बताए ।

अभिभावकहरुले विरोध जनाएपछि विद्यालयले विद्यार्थीको पहाड घर गुल्मीको स्थानीय विद्यालयमा १० लाख बराबरको अक्षय कोष खडा गरिदिने र प्यारामाउण्ट विद्यालय परिसरमा मृतक प्रतिभा सापकोटाको प्रतिमा बनाईदिने विषयमा सम्झौता गरेको थियो ।

मृतकको दाई समेतको संलग्नतामा विद्यालयमा आई तोडफोड तथा शिक्षकहरुसँग अभद्र व्यवहार गरेपछि बाध्य भएर सम्झौतामा हस्ताक्षर गरिएको गिरीले बताए ।

मृतक विद्यार्थीका अभिभावक भास्कर भण्डारीले भने विद्यालयले शक्ति र धनका आडमा दम्भ देखाएको बताए । १०/८ साईजको कोठामा ६ जना विद्यार्थी राख्नु, झण्डै ८० विद्यार्थीलाई एउटै कक्षा कोठामा पढाउनु, बिरामी हुँदा अस्पताल नलगेर अभिभावक बोलाउनु जस्ता कमजोरी विद्यालयले गरेको भण्डारीले बताए । अभिभावक तातेका बेला सम्झौता गर्ने र अभिभावक सेलाए पछि बहाना खोज्ने विद्यालयको मनसाय गलत रहेको उनको भनाइ छ ।

 

 

 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ५ : ५६ बजे

सबै दर्शकले हेर्न पाउने ‘महाजात्रा’

काठमाडौं । यसवर्षको प्रतिक्षित फिल्म ‘महाजात्रा’ सम्पूर्ण वर्गका दर्शकले हेर्न पाउने

सहकारी पीडित र सरकारी टोलीबीच आज वार्ता हुँदै

काठमाडौं । सरकार र आन्दोलनरत सहकारी पीडितबीच मंगलबार वार्ता हुँदै

चालीस करोडको राजस्व छली मुद्दामा ७९ करोड मागदाबीसहित व्यवसायी विरुद्द मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै रु

नेपाली महिला क्रिकेट टीमकी पूर्वकप्तान नेरी थापामगरले गरिन् क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । नेपाली महिला क्रिकेट टीमकी पूर्वकप्तान नेरी थापामगरले क्रिकेटबाट

महाधिवेशन तयारीमा जुट्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले