३१ भदौ २०८३, बुधबार | September 16, 2026

स्कटल्यान्ड तीन खेल अगावै आईसीसी विश्वकप क्रिकेट लिग-२ च्याम्पियन



काठमाडौं । स्कटल्यान्ड तीन खेल अगावै आईसीसी विश्वकप क्रिकेट लिग-२ च्याम्पियन बनेको छ । तालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डले जितसँगै ३३ खेलबाट ४८ अंक जोडेलगत्तै तीन खेलअगावै सात देश सम्मिलित लिग-२ च्याम्पियन बनेको हो ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियालाई १० विकेटले हराएसँगै स्कटल्यान्ड तीन खेल अगावै लिग-२ च्याम्पियन बनेको हो ।

जसअनुसार ओमानले ४४ अंकले दोस्रो स्थानमा छ, तेस्रो स्थानमा रहेको नामिबियाको ३२ खेलबाट ३७ अ‌‌क छ । बुधवार किर्तिपुरस्थित टियु मैदानमा नामिबियाले प्रस्तुत गरेको १५४ रनको सामान्य लक्ष्य स्कटल्यान्डले २२‍१ ओभरमा कुनै पनि विकेट नगुमाई जीत हासिल गरेको हो ।

चौथो स्थानको अमेरिकाले ३६ खेलबाट ३५ अंक जोडेको छ। उता, पाँचौँ स्थानको युनाइटेड अरब इमिरेट्स (यूएई) ले २६ खेलबाट २७  र छैटौँ स्थानको नेपालले २५ खेलबाट २० अंक जोडेको छ । तालिकाको अन्तिमा  पपुवा न्युगिनीले २८ खेल खेल्दा पाँच अंक मात्र जोड्न सकेको छ ।

लिगको शीर्ष तीन स्थानमा रहने टिमले यसै वर्ष हुने एकदिवसीय विश्वकपको छनोटमा सिधा प्रवेश पाउनेछन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ४ : १२ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै