४ भदौ २०८३, बिहिबार | August 20, 2026

हिसान जिल्ला स्तरीय हाजिरी जवाफ र वक्तृत्वकलाको उपाधि स्कलर्स होम माविलाई



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा भएको हिसान जिल्ला स्तरीय हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगिताको उपाधि बुटवलको स्कलर्स होम माविले जितेको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीले शुक्रबार आयोजना गरेको अन्तर मावि जिल्ला स्तरीय हाजिरी जवाफ र वक्तृत्वकला गरी दुबै जिल्ला स्तरीय प्रतियोगिताको उपाधि स्कलर्स होम मावि बुटवलका विद्यार्थीले हात पारेका हुन् ।

स्कलर्स होमले हाजिरी जवाफतर्फ उपाधि सहित नगद ६ हजार र वक्तृत्वकलातर्फ ५ हजार नगद शिल्ड मेडल तथा प्रमाण पत्र हात पारेको हिसानका सचिव बाबुराम बन्जाडेले जानकारी दिए । वक्तृत्वकलातर्फ स्कलर्स होमकै छात्रा सचिना पन्थी प्रथम भएकी हुन् । यस्तै वक्तृत्वकतातर्फनै तिलोत्तमा माविका समन आले द्वितीय भए । उनले नगद ४ हजार सहित शिल्ड तथा प्रमाणपत्र हात पारे भने तृतीय बनेनी मणिमुकुन्द माविकी करुणा गैरेले ३ हजार र एभरेष्टकी स्नेहा गौतमले प्रोत्साहन पुरस्कार स्वरुप २ हजार नगद शिल्ड तथा प्रमाणपत्र हात पारेको सचिव बन्जाडेले जानकारी दिए ।

यस्तै हाजिरी जवाफ प्रतियोगितातर्फ तिलोत्तमा मावि द्वितीय र मणिमुकुन्द मावि तृतीय बने । उनीहरुले क्रमश ४ हजार ५ सय र ३ हजार नगद शिल्ड तथा प्रमाणपत्र हात पारको हिसानले जनाएको छ । प्रतियोगिताको दुबैतर्फ हिसान रुपन्देहीसँग आवद्ध डेढ दर्जनजति विद्यालयका विद्यार्थीहरु सहभागि भएका थिए भने त्यसमध्येबाट छनोट भएका हाजिरी जवाफको अन्तिम प्रतिस्प्रर्धामा सहभागि बनेको उपाध्यक्ष तथा कार्यक्रम संयोजक मधुप्रकाश ज्ञवालीले जानकारी दिए ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीका अध्यक्ष दिनेश भुसालको अध्यक्षतामा भएको कार्यक्रममा हिसान नेपालका केन्द्रीय निर्देशक प्रा.डा. आरसी आचार्य, रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, परिक्षा बोर्डका अधिकृत बाबुराम भण्डारी, इन्भारमेन्ट स्कुलका प्रवन्ध निर्देशक घनश्याम ज्ञवाली, हिसानका बरिष्ट उपाध्यक्ष पुष्प घिमिरे लगायतले विजयी विद्यार्थी तथा विद्यालयलाई बधाई तथा शुभकामना दिदै शैक्षिकसँगै अतिरिक्त कृयाकलापमा संस्थागत विद्यालयहरुको सहभागिता उल्लेखनीय रहेको चर्चा गरेका थिए ।

इन्भारमेन्ट माविका विद्यार्थी स्तुती शाही र स्कृती ज्ञवालीको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रा.डा. हिरण्य ज्ञवाली र डा. बिक्रम नेपालले निर्णायकको भुमिका निभाएका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ७ : ५८ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

धौवादी फलाम खानीबाट नौ करोड ६० लाख धाउ उत्खननको योजना

काठमाडौं । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक