२० माघ २०८२, मंगलबार | February 3, 2026

संघीयताको कार्यान्वयनसँगै जनताले दुःख पाउनु पर्ने अवस्थाको अन्त्य भएको छ : मुख्यमन्त्री गिरी



बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले संघीयता कार्यान्यनका क्रममा देखिएका कमिकमजोरीलाई क्रमिकहरुपमा हटाउँदै लगिने बताएका छन् । गाँउपालिका रास्ट्रिय महासंघको लुम्बिनी प्रदेश अधिवेशनको उदघाटन गर्दै मुख्यमन्त्री गिरीले संविधानले निद्धिष्ट गरेका कतिपय विषय कार्यान्वयन हुन नसकेको जिकीर गरे ।

उनले गाँउपालिका र नगरपालिका महासंघसँग तालमेल र सहकार्य गरेर अगाडी बढ्न प्रदेश सरकार इच्छुक रहेको बताउँदै अनावश्यक बोझ हटाउँदै सहज र सरलढंगले समन्वय गरिने उल्लेख गरे । संघीयताको कार्यान्वयनसँगै जनताले दुख पाउनु पर्ने अवस्थाको अन्त्य भएको बताउँदै मुख्यमन्त्री गिरीले तीन तहलाई अधिकार बाँडफाँट गरेर संचालनमा आएको वर्तमान व्यवस्था नै उत्तम व्यवस्था भएको दाबी गरे ।

महासंध्घबाट आएका महत्यपूर्ण सुझावलाई कार्यान्वय गर्ने प्रतिबद्धता जनाउँदै छिटै बाँकी रहेका कानुनहरु निर्माण गरि संघीयतालाई पूर्ण कार्यान्वयनको दिशामा लगिने बताए ।

कार्यक्रममा बोल्दै गाँउपालिका महासंघकी केन्द्रीय अध्यक्ष लक्ष्मी पाण्डेले विषय तोकेर ससर्त बाँडिने खुद्रे बजेटले गाँउपालिकालाई अपजस व्यहोर्न बाध्य बनाएको बताइन् । उनले विषयगत शिर्शकमा खुद्रा बजेट दिनु भन्दा गाँउपालिकाले तयार गरेको योजना कार्यान्वयन हुने गरि एकमुष्ठ बजेट विनियोजन गर्दा परिणाम आउन सक्ने दाबी गरिन् । संघीयतको मुल कार्यान्यन स्थानीय तहबाट हुने भएपनि प्रदेश र संघमा समयमा कानुन बन्न नसक्दा अन्यौलता रहेको उनको भनाई छ ।

सिंचाइ, शिक्षा, जग्गाको वर्गिकरण जस्ता विषयवस्तु कानुनले नचिन्ने जिल्लामा लगेर राखिएको गुनासो गर्दै उनले संघ र प्रदेशले समयमा कानुन बनाउन नसक्दा जनताले सेवा प्राप्तीमा सास्ती व्यहोर्नु परेको बताइन् ।

महासंघका लुम्बिनी प्रदेश अध्यक्ष मधुकृष्ण पन्थले समानिकरणको बजेट, ससर्त बजेट र संघर प्रदेशले विनियोजन गर्ने बजेटलाई बैज्ञानिकरण गर्न आवश्यक रहेको बताए । उनले स्थानीय तहको कार्यान्वयनसँगै जनताले घरघरबाटै सेवा पाएको दाबी गर्दै अझै गहिरो अनुभूति दिलाउन छिटो आवश्यक कानुन बनाएर कार्यान्यननमा लैजान आवश्यक रहेको बताए ।

महसंघको अधिवेशनले स्थानीय तह निर्वाचनमा सफलता हासिल गरेको आधारमा आजै नयाँ नेतृत्व चयन गरि पद हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । गत बैशाख ४ गते सम्पन्न स्थानीयतह निर्वाचनको परिणाम अनुसार लुम्बिनी प्रदेशमा कांग्रेसले अध्यक्ष पाउने छ भने एमालेले सचिव र माओवादी केन्द्रले कोषाध्यक्ष पाउने छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १ : २७ बजे

हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो प्रशासनले हार्वर्ड

बालेनले मात्र प्रयोग गर्ने गरेको महानगरको लिफ्ट अब सबै कर्मचारी र सेवाग्राहीका लागि खुला

काठमाडौं । काठमाडौं महानगरपालिकामा निवर्तमान मेयर बालेन्द्र साहले मात्र प्रयोग

अनुशासित भएर राष्ट्रको सेवामा लाग्न युवालाई प्रधानमन्त्रीको आग्रह

नवलपरासी । प्रधानमन्त्री सुशीला कार्कीले आनुशासित भएर समाज र राष्ट्रको

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको