१० माघ २०८२, शनिबार | January 24, 2026

१६ हजार पर्यटकले घुमे अन्नपूर्ण पदमार्ग



लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ जिल्लामा सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० मनाङले जनाएको छ ।

अन्नपूर्ण पदमार्गमा २०२२ को जनवरीमा ४१, फेब्रुअरीमा १ सय ६९, मार्चमा १ हजार २ सय ३१, अप्रिलमा २ हजार ३ सय ८२, मेमा १ हजार ९६, जुनमा १ सय ९५, जुलाईमा १ सय ९६, अगस्टमा ३ सय ६७, सेप्टेम्बरमा २ हजार ९२, अक्टोबरमा ४ हजार ६ सय ५४, नोभेम्बरमा २ हजार ९ सय ८१ र डिसेम्बरमा ४ सय ९९ पर्यटक चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न आएको एक्यापको तथ्यांकमा छ ।

सन् २०१७ बाट पर्यटक आगममा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना सङ्क्रमणका कारण पदमार्ग क्षेत्र नै प्रभावित भएको थियो ।

अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत, अमेरिकी पर्यटक आउने गर्छन् । लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारका रूपमा चिनिन्छ ।

बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ११ : १३ बजे

नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ : जापानी राजदूत माएदा

काठमाडौँ । नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपालको विकास

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : डा सिके राउत

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

‘स्वर्गिय सुशिल कोईरालाको क्षेत्रलाई यसपटक फर्काउँछौं’ : उम्मेदवार कोईराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा नेता सुधान्सु कोइरालाले संविधानका पिता,

मधेसको मुद्दालाई संसद्मा फरक ढङ्गले उठान गर्न सर्लाहीबाट उम्मेदवार बनेँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा