३० भदौ २०८३, मंगलबार | September 15, 2026

चौथो तिलोत्तमा राष्ट्रपति रनिङशिल्ड कुंवरवर्तीलाइ



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा भएको चौथो तिलोत्तमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा १३ स्वर्ण पदकजित्दै कुंवरवर्ती बोर्डिङ स्कुल तिलोत्तमा-८ च्याम्पियन भएको छ ।

कुल ३० स्वर्ण पदकमध्ये १३ वटा इभेन्टका खेलमा कुंवरवर्ती बोर्डिङले जित निकाल्दै च्याम्पियन भएको हो ।

यो संगै कुंवरवर्तीले रनिङशिल्ड आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

वडा नम्बर ४ स्थित जनज्योति क्लबको खेल मैदानमा भएको प्रतियोगितामा पशुपति मावि कोटिहवाले ५ स्वर्ण पदक सहित दोस्रो स्थानमा रहन सफल भएको छ भने शान्ति नमूना ४ पदक सहित तेस्रो भएको छ । होराइजन जीबीएसले ३ स्वर्ण पदक जितेको छ ।

त्यस्तै जनजागृति, टिकुलिगढ मावि, सेन्ट जोसेफ बोर्डिङ, न्यू इन्भाइरन्मेन्ट, पर्ल एकेडेमी, र सिद्धार्थ बोर्डिङ स्कूलले एक–एक स्वर्ण पदकजितेको प्रतियोगिताको एथलेटिक्स संयोजक मित्रलाल न्यौपानेले जानकारी दिए ।

यस्तै छात्र छात्रा तर्फको भलिबल प्रतियोगितामा कुंवरवर्ती बोर्डिङ स्कूल विजेता बनेको छ । भलिबलमा छात्रतर्फ जनज्योति माविलाई उपविजेतामा रोक्दै कुंवरवर्ती विजेता भएको हो ।

छात्रातर्फ पनि सेन्ट जोसेफलाई उपविजेतामा रोक्दै कुंवरवर्ती विजयी भएको भलिबल संयोजक मिलन रानाले बताए ।

यस्तै कबड्डीतर्फ छात्रामा होराइजन जीबीएस र छात्रमा शान्तिनमूना मावि विजेता भएका छन् । हाइजम्पमा छात्रातर्फ पशुपति मावि र छात्र तर्फ शान्ति नमूना मावि विजेता भएका छन् ।

नगरभित्रका सरकारी र निजी गरी ३७ विद्यालयका करिब ४ हजार विद्यार्थीले रनिङशिल्डमा प्रतिष्पर्धा गरेका तिलोत्तमा नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले बताए ।

प्रतियोगितामा विजेता तथा उपविजेतालाई नगर प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरी चौधरी, वडा नं. ४ का वडाध्यक्षले शिल्ड, कप, मेडल तथा नगद पुरस्कार प्रदान गरेका प्रतियोगिताको सचिवालय संयोजक दीपक खनालले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ८ : २० बजे

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

घरजग्गाको कारोबारमा बढोत्तरी : गत आवमा सात खर्ब २० अर्बको कारोबार

काठमाडौँ । गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब