२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

४६.१ ओभरमा अलआउट स्कटल्याण्ड, नेपाललाई २१३ रनको लक्ष्य



काठमाडौं । आइसिसीआईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आज अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई जितको लाग २१३ रनको मध्यम लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१२ रनको योगफल बनायो ।

स्कटल्याण्डको लागि जर्ज मुन्शेले सर्वाधिक ६० रनको योगदान दिए । उनले ५० बलमा नौ चौका र दुई छक्काको मद्दतमा ६० रनको योगदान गरेका हुन । त्यस्तै स्कटल्याण्डका अन्य खेलाडी म्याथ्यु क्रसले ४२ रनको योगदान गरे । ब्रेन्डन म्याकुलमले ३१ रन बनाउँदा काइल कोट्जर र क्रिसटोफर म्याकब्राइडले समान २२-२२ रन जोडे । मार्क वाट्ले ८ रन बनाए भने शफ्यान शरिफले अविजित ८ रन जोडे । क्रिस ग्रेभ्ब्सले ७ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दिप लामिछानेले चार विकेट लिए भने करण केसीले तीन विकेट झारे । त्यसैगरी ललित राजबंशी र कुशल मल्लले समान एक एक विकेट हात पारे । यस सिरिजमा नेपाल लगातार चौँथो जितको खोजीमा रहेको छ । सिरिजको अघिल्ला तीनै खेलमा नेपालले विजय हासिल गरेको थियोे । नेपालले स्कटल्याण्डलाई तीन विकेटले हराएको थियो ।

त्यस्तै नेपालले नामिबियाविरुद्ध पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा तीन विकेटको जित हासिल गरेको थियो । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अङ्कका साथ छैँटौँ स्थानमा छ । त्यस्तै स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र नौ मा हारसहित ५० अङ्कका साथ शीर्षस्थानमा छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १२ : ५४ बजे

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर

टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरअन्तर्गत

सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छु : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा

जनक शिक्षाको खजुरा छापाखानामा चोरहरुको रजाँई, झ्याल ढोकाको चौकोस समेत चोरियो

खजुरा । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पाठ्यपुस्तक सहज पुर्‍याउन

रहेनन् मूर्तिकार बालकृष्ण तुलाधर

काठमाडौं । मूर्धन्य मूर्तिकार बालकृष्ण तुलाधरको ९१ वर्षको उमेरमा आज