८ माघ २०८२, बिहिबार | January 22, 2026

मोलुङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । मोलुङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन हो । कम्पनीले फागुन ४ गते सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको थियो । लगानीकर्ताले बुधबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आईपीओ जारी गरेको हो । सो सेयरमध्ये २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।

यसैगरी ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र बाँकी २२ लाख ६४ हजार ६५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धक सन्राइज क्यापिटल रहेको छ। कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बीबी’ प्रदान गरेको छ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  १२ : ४५ बजे

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी । लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट

दाङका वनका सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-३ स्थित नमूना महिला सामुदायिक वनमा

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

बागमती । कुलेखानी-काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुल नजिक