२ भदौ २०८३, मंगलबार | August 18, 2026

असहाय विद्यार्थीलाई थापा फर्निचर परिवारको छात्रवृत्ती सहयोग



बुटवल । लायन्स क्लब अफ बुटवल क्षितिज डिस्ट्रीक्ट ३२५ पीको सहयोगमा विद्यालय सहयोग कार्यक्रम आज एक कार्यक्रमका बिचमा सम्पन्न भएको छ ।

बुटवल उपमहानगरपालिका वडा न ४ मा रहेको लक्ष्मी मावी का गरिब तथा जेहेन्दार छात्र तथा छात्रालाई लायन्स क्लब अफ बुटवल क्षितिजको पहलमा सहयोग छात्रवृत्ती गरिएको हो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी लायन पिएमसिसि पिएमजेएफ सुनिल ओजान्थान्चेले लायन्स अन्तराष्ट्रिय संस्था भएतापनि स्थानिय तहमा विभिन्न असाहय तथा गरिब परिवारलाई माथि उठाउने अभियानमा आफ्ना कदमहरु अगाडि बढाउदै लगेको बताए ।

हाल लक्ष्मी मावीमा अध्यनरत किड्नी फेल भएका कक्षा २ मा अध्ययन गर्ने छात्र श्रृष्टी पाठक सहित कक्षा ४ मा अध्ययन गर्ने बसन्त पुन, र कक्षा ५ मा अध्ययन गर्ने पूणबिर रास्कोटीलाई कक्षा १० सम्म अध्ययन गर्नका लागि लाग्ने सम्पुर्ण खर्च व्यवस्थापन थापा फर्निचर उद्योगले जिम्मा लिएको आयन्स क्लब अफ बुटवल क्षितीजका अध्यक्ष एमजेएफ पुजन थापाले जानकारी दिए । कार्यक्रममा लायन्स क्लब अफ बुटवलका सचिव अभिमन्यु पन्थी सहित पुर्व अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

सो अवसरमा लक्ष्मी मावीका प्राचार्य शान्ती शर्माले विद्यालयका छात्र छात्रालाई गरेको सहयोग प्रति थापा फर्निचर उद्योग तथा लायन्स क्लब अफ बुटवल क्षितिजलाई धन्यवाद ज्ञापन गर्दै क्लबले गरेको सामाजिक कार्यले गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढ्ने वातावरण बनाउन पहल गरेको प्रति आभार प्रकट गरिन ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ५ : १८ बजे

भाद्र ३१ गते देखि नेपालगन्ज-पोखरा पुनः उडान गर्दै बुद्ध एयर

नेपालगन्ज । गत जेठ ५ गते देखि अवरुद्ध बुद्ध एयरको

जुरीखेलमा स्कारपियो दुर्घटना : गम्भीर घाइते लक्ष्मी बडुको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटनामा घाइते भएकी

सरकार र सभामुख प्रति आशिका तामाङ आक्रोशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ आफ्नै पार्टीको

सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनासहित ३ योजनाका निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सालझण्डी-सन्धिखर्क-ढोरपाटन

अब सरकारी कर्मचारीले १५/१५ दिनमा तलबभत्ता पाउने

काठमाडौं । अब निजामती कर्मचारीले १५–१५ दिनमा तलब भत्ता पाउने