४ पुस २०८२, शुक्रबार | December 19, 2025

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतसहितको टोलीद्वारा कलङ्की-चक्रपथ-गौशाला सडक खण्डको निरीक्षण



काठमाडौं । उपप्रधान र भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन छोङसहितको टोलीले कलंकी चक्रपथ गौशाला सडकखण्डको स्थलगत निरीक्षण गरेको छ ।

चीनको सहयोगमा बन्ने भनिएको सडकखण्डको साइट क्लियरेन्स नभएका कारण चीनले काम सुरु नगरेको अवस्थामा मन्त्री श्रेष्ठको अगुवाईमा स्थलगत निरीक्षण भएको हो । निरीक्षणको क्रममा मन्त्रालयका सचिव केशवप्रसाद शर्मा, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ पनि उपस्थित थिए ।

अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ विस्तार अब चाँडै शुरु हुने सहमति भएकाले बताए । उनले चिनियाँ राजदुतसँग मन्त्रालयमा छलफल गरी छटो भन्दा छिटो काम अघि बढाउने सहमति भएको बताए । उनले सो सडकखण्डमा भएका समस्याको समाधान भइसकेको बताउँदै बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरु अर्को ठाउँमा बनाउने तयारी गरिएको समेत जनाए ।

चक्रपथ विस्तारको जिम्मा लिएको चिनियाँ पक्षले साइट क्लियरेन्स नभएको भन्दै काम सुरु गरेको छैन । यसअघि कोटेश्वर कलंकी सडकखण्डमा काम गर्दा साइट क्लियरेन्स नहुँदा निर्धारित समयमा काम गर्न नसेपछि चिनियाँ पक्ष आलोचित भएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ११ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको