१३ श्रावण २०८३, बुधबार | July 30, 2026

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतसहितको टोलीद्वारा कलङ्की-चक्रपथ-गौशाला सडक खण्डको निरीक्षण



काठमाडौं । उपप्रधान र भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन छोङसहितको टोलीले कलंकी चक्रपथ गौशाला सडकखण्डको स्थलगत निरीक्षण गरेको छ ।

चीनको सहयोगमा बन्ने भनिएको सडकखण्डको साइट क्लियरेन्स नभएका कारण चीनले काम सुरु नगरेको अवस्थामा मन्त्री श्रेष्ठको अगुवाईमा स्थलगत निरीक्षण भएको हो । निरीक्षणको क्रममा मन्त्रालयका सचिव केशवप्रसाद शर्मा, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ पनि उपस्थित थिए ।

अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ विस्तार अब चाँडै शुरु हुने सहमति भएकाले बताए । उनले चिनियाँ राजदुतसँग मन्त्रालयमा छलफल गरी छटो भन्दा छिटो काम अघि बढाउने सहमति भएको बताए । उनले सो सडकखण्डमा भएका समस्याको समाधान भइसकेको बताउँदै बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरु अर्को ठाउँमा बनाउने तयारी गरिएको समेत जनाए ।

चक्रपथ विस्तारको जिम्मा लिएको चिनियाँ पक्षले साइट क्लियरेन्स नभएको भन्दै काम सुरु गरेको छैन । यसअघि कोटेश्वर कलंकी सडकखण्डमा काम गर्दा साइट क्लियरेन्स नहुँदा निर्धारित समयमा काम गर्न नसेपछि चिनियाँ पक्ष आलोचित भएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ११ : ४२ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ