७ पुस २०८२, सोमबार | December 22, 2025

तीन वर्षभित्र आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य



काठमाडौं । सरकारले आगामी तीन आर्थिक वर्षभित्र आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित मध्यमकालीन खर्च संरचना (२०८०/८१–२०८२/८३) तयार पारेको छ ।

राष्ट्रिय योजना आयोगले त्रिवर्षीय मध्यमकालीन खर्च संरचना र आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रमको खाकासहितको बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तथा ढाँचा, २०७९ स्वीकृत गर्दै विभिन्न आर्थिक सूचकको तीनवर्षे अनुमान सार्वजनिक गरेको हो । आयोगले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार आगामी आर्थिक वर्ष २०८०/८१ मा छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा सात दशमलव चार प्रतिशत र आर्थिक वर्ष २०८२/८३ मा आठ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमान आयोगको छ । तर, चालू आव २०७९/८० का लागि सरकारले राखेको आर्थिक वृद्धिदरको लक्ष्य भने हासिल नहुने पनि आयोगले जनाएको छ । चालू आवमा आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएकामा चार दशमलव पाँच प्रतिशत बराबर मात्रै रहने देखिएको हो ।

चालू आवमा सरकारले उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको थियो । तर यस वर्ष मुद्रास्फीतिले वाञ्छित सीमा नाघेर साढे सात प्रतिशतसम्म पुग्नसक्ने अनुमान आयोगको छ ।

त्यस्तै, आगामी आव २०८०/८१ मा छ दशमलव पाँच प्रतिशत र त्यसपछिका दुई आवमा छ प्रतिशतको वाञ्छित सीमाभित्र मुद्रास्फीति राख्ने प्रक्षेपण आयोगले गरेको छ ।

आगामी तीन वर्षभित्र नेपालको प्रतिव्यक्ति आयमा उल्लेखनीय सुधार हुने अनुमान पनि आयोगको छ । आयोगको विवरणअनुसार प्रतिव्यक्ति आय आव २०८०/८१ मा एक हजार पाँच सय ७२ अमेरिकी डलर, आव २०८१/८२ मा एक हजार सात सय ४० अमेरिकी डलर र आव २०८२/८३ मा एक हजार नौ सय ३५ अमेरिकी डलर पु-याउने लक्ष्य रहेको छ ।

आगामी वर्षमा नेपालको भुक्तानी सन्तुलनमा घाटा बढ्दै जाने देखिएको छ । भुक्तानी सन्तुलन आगामी आव रु १० अर्ब र त्यसपछिका दुई आवमा क्रमशः रु २० अर्ब र रु २५ अर्बसम्म घाटामा रहने अनुमान आयोगको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ४ : १३ बजे

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले