१६ असार २०८३, मंगलबार | June 30, 2026

मेयर तथा उपमेयर कप क्रिकेटमा ज्योती स्पोर्टस र नेपालगन्ज मोडेल विजयी



नेपालगन्ज । ज्योती स्पोर्टस एकेडेमी (ए) र नेपालगन्ज मोडेल एकेडेमी नेपालगन्ज मेयर कप पुरुष तथा उप–मेयर कप महिला क्रिकेट प्रतियोगिताको विजेता बनेका छन् ।

नेपालगन्जमा शनिबार भएको पुरुषतर्फको खेलमा ज्योती स्पोर्टस एकेडेमी(ए)ले भेरी रकर्सलाई ७७ रनले पराजित गरेको छ । महिलातर्फको फाईनलमा नेपालगन्ज मोडेल एकेडेमीले होलिल्यान्ड स्कुललाई ७ विकेटले हरायो ।

मंगलप्रसाद उच्च माविको खेल मैदानमा शनिबार टस हारेर ब्याटिङ गरेको ज्योती स्पोर्टस एकेडेमीले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ७९ रन बनाएको थियो । टोलीकालागिओपनर प्रनितथापा मगरले सर्वाधिक ५६ रन, रोहन केसीले २७ रन, अमर सिंह राउटेलाले १८ रन बनाए ।

भेरी रकर्सका रोशनकुमार साहुले ३ विकेट, सुरज दास र सोम शर्माले २–२ विकेट लिए ।

जवाफमा भेरी रकर्सले १६ ओभरमा ९ विकेटको नोक्सानीमा १ सय २ रन प्राप्त गरेको छ । टोलीकालागि सद्धाव अन्सारीले ३६ रन र हसिबअन्सारीले १५ रन बनाए । ज्योतीका अमर सिंहले ३ विकेट, सुनिल सुनार, सिद्धान्त राजशाही र गौतम कनोजियाले २–२ विकेट लिए । फाइनलमा ज्योतीकाप्रनितथापा मगर प्लेयर अफ द फाइनलबाट पुरस्कृत भए ।

यसैगरी महिलातर्फको खेलमा सुरुआतमा ब्याटिङ गरेको होलिल्यान्डले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ४२ रन बनाएको थियो । टोलीका लागि एलिना बर्माले ५० रन र गायत्री कश्यपले २४ रन बनाईन । नेपालगन्ज मोडेलकी चमेली चौधरीले सर्वाधिक ४ विकेट र नेरी थापाले २ विकेट लिईन ।

जवाफमा नेपालगन्जमोडेलले १३.४ ओभरमा ३ विकेटको नोक्सानीमाजितहासिल गरेको थियो । होलिल्यान्डकीयामुनाथारुले २ विकेट लिईन । नेरी थापाप्लेयर अफ द म्याचबाट पुरस्कृत भईन ।

प्रतियोगितामापुरुषतर्फ भेरी रकर्सका साहिदअन्सारी प्लेयर अफ द टुर्नामेन्ट, भेरीकै सुरज दास उत्कृष्ट वलर, भेरीकै सद्धाव अन्सारी उत्कृष्ट ब्याटसम्यान, ज्योती स्पोर्टस एकेडेमी (बी)का ज्ञानेन्द्र रोकायउत्कृष्ट फिल्डर, मंगल प्रसादउच्चमाविका करण बानियाउदयीमान खेलाडीको रुपमा पुरस्कृत भए ।

यसैगरी महिलातर्फ नेपालगन्जमोडेलकीचमेलीचौधरी प्लेयर अफ द टुर्नामेन्ट, उत्कृष्ट वलर पनिचमेली, होलिल्यान्डकी जिज्ञासा थापाउत्कृष्ट ब्याटस वुमन, वेस्ट फिल्डर पनि जिज्ञासा, मंगलकीनिरुता सत्यालले राईजिङ प्लेयरको पुरस्कार प्राप्तगरिन् ।

विजयी खेलाडीलाई नेपालगन्जउप–महानगरपालिका मेयर प्रशान्त विष्ट, बाँके जिल्लाक्रिकेट संघका अध्यक्ष सरोवर प्रसाई, प्रतियोगिता संयोजकएवम् बाँके जिल्लाक्रिकेट संघका उपाध्यक्ष सुफियान पठान खान, बाँके जिल्ला ट्राफिक कार्यालय प्रमुखहिमालयनशाहलगायतले पुरस्कृत गरे । बाँके जिल्लाक्रिकेट संघले आयोजना र नेपालगन्जउप–महानगरपालिको आर्थिक सहयोगमाभएकोप्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला)तर्फ ६ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँप्राप्त गरे । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाए । प्रतियोगितामापुरुष र महिलातर्फको प्लेयर अफसिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफम्याचबन्ने खेलाडीले नगद १ हजार पाएका छन् ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ७ : २५ बजे

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

विद्युत् प्रवाहमा अवरोध हटाउन एकहजार कर्मचारी परिचारलन, गुनासो बेवास्ता गरिए कारबाही

काठमाडौँ । सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा

लुम्बिनी प्रदेश सभाको एघारौं बैठक बुधबार बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत एघारौं बैठक बस्ने

लोकतन्त्र र राष्ट्रहितका लागि संयुक्त सङ्घर्षमा जुट्न ओलीको आह्वान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र

संघीयमामिला मन्त्री रावल र मधेशका मुख्यमन्त्री यादवबीच छलफल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री