३१ असार २०८३, बुधबार | July 16, 2026

सुडानका चालीस लाख बालबालिकालाई कुपोषण



सिन्ह्वा । संयुक्त राष्ट्रसङ्घले सुडानका कम्तीमा पनि ४० लाख बालबालिकामा कुपोषणको समस्या रहेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय एक प्रतिवेदनमा सुडानका महिला र बालबालिका गरी कम्तीमा पनि ४० लाखमा यस्तो समस्या रहेको पाइएको बताइएको छ ।

सो प्रतिवेदनमा सन् २०२३ सम्ममा सुडानका पाँच वर्ष मुनिका बालबालिका र गर्भवतीमा यस्तो समस्या रहेको र उनीहरुलाई सहयोगको आवश्यकता रहेको बताइएको हो ।

तीमध्ये छ लाख ११ हजार जना बालबालिका चरम कुपोषणमा रहेका संयुक्त राष्ट्रसङ्घीय अधिकारीहरुले जनाएका छन् ।

केही समयदेखि आन्तरिक राजनीतिक समस्यामा फसेको सुडानमा धेरै समयदेखि आर्थिक समस्याहरु देखिँदै आएको छ । जसका कारण यहाँका नागरिक समस्यामा परेका छन् ।

खडेरी, आर्थिक मन्दी, खाद्य असुरक्षा आदिका कारण यहाँका लाखौँ लाख नागरिक विस्थापित भएर बसेका छन् । विस्थापित भएका अरु दशौँ लाख मानिसलाई मानवीय सहायताको खाँचो रहेको पनि बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घले यहाँ मानवीय सहयोगका कार्यक्रमहरु सञ्चालन गरिरहेको भए पनि यसबाट पर्याप्त नरहेको पाइएको समाचार जनाइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  २ : ०० बजे

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक