४ पुस २०८२, शुक्रबार | December 19, 2025

यू-१९ विश्वकप एसिया छनोट : नेपाल लगातार तेस्रो खेलमा विजयी



काठमाडौं । आइसिसी यू-१९ पुरुष विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्र छनोटमा नेपाल लगातार तेस्रो खेलमा विजयी भएको छ । नेपालले आज भएको तेस्रो खेलमा हङकङलाई नौ विकेटले पराजित गरेको हो ।

युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी प्रतियोगितामा हङकङले पहिला ब्याटिङ गर्दै ४६ दशमलव तीन ओभरमा सबै खेलाडी गुमाउँदै नेपालसामु जितका लागि एक सय २१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालले विजयी लक्ष्य २२ दशमलव एक ओभरमा एक विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि आकाश त्रिपाठीले अविजित ६४ रनको योगदान दिए । उनले ७२ बल खेल्दै चार छक्का र पाँच चौका हाने । यस्तै प्रतियोगितामा आजै डेब्यू गरेका उत्तम थापामगरले अविजित ३९ तथा अर्जुन कुमालले १६ रन बनाए । बलिङतर्फ हङकङका ड्यानियल मोर्गन मापले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने क्रममा हङकङका लागि पर्थ भागवतले ३६ रन बनाए । उनले ९३ बल खेल्ने क्रममा चार चौका प्रहार गरे । मोहम्मद जाहिरले २९ तथा अहान त्रिवेदीले ११ रन बनाए । अन्य ब्याटरको खेल प्रदर्शन उल्लेख्य रहेन । बलिङतर्फ नेपालका लागि हेमन्त धामीले तीन, सुवास भण्डारी र आकाश चन्दले दुई दुई तथा दीपेश कँडेलले एक विकेट लिए ।

नेपालले यसअघि पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन तथा दोस्रो खेलमा कुवेतलाई दुई सय ४३ रनले पराजित गरेको थियो । नेपालले अब मङ्गलबार मलेसियासित तथा बिहीबार युएईसँग खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित, आयोजक युएई, सिङ्गापुर, कुवेत, हङकङ र मलेसिया सहभागी छन् । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२४ मा श्रीलङ्कामा हुने यू-१९ विश्वकप क्रिकेट खेल्न पाउनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ६ : ०४ बजे

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा