७ चैत्र २०८२, शनिबार | March 21, 2026

जन्ती बस दुर्घटना एकको मृत्यु, ४० घाइते



वीरगन्ज । पर्साको पोखरियाबाट जन्ती बोकेर हिँडेको बस भारतको लौरियामा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

भारत विहारको बेतिया जिल्ला साठी थाना परसोना गाउँबाट बिहे गरी फर्किंदै गरेको ना ५ ख ११९८ नम्बरको बस आज अनियन्त्रित भई पल्टिँदा बसमा सवार पोखरिया नगरपालिका–२ झाख्रा टोल निवासी १८ वर्षीय ओमप्रकाश साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परी करिब ४० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । मृतको शव घर ल्याइएको र केही घाइतेको बेतिया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ७ : १४ बजे

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका