२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

बाहिरबाट काठमाडौं उपत्यका आउनेहरु १४ दिन अनिवार्य होम क्वारेन्टिनमा बस्नुपर्ने



काठमाडौं । उपत्यकाबाहिरबाट काठमाडौं आउनेहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा राख्न गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन जारी गरेको छ ।

गृहमन्त्रालयले मंगलबार उपत्यकाभित्रका तीन जिल्ला प्रशासनलाई परिपत्र जारी गर्दै बाहिरबाट आउनेहरुलाई अनिवार्य होम क्वारेन्टिनमा राख्ने परिपत्र जारी गरेको हो ।

बाहिरबाट आउनेह्ररुलाई घरधनीले पीसीआर रिपोर्ट माग्ने गरेको भन्दै गृहले अनावश्यक पीसीआर जाँचको दबाब नदिने वातवारण बनाउन स्वास्थ्य मन्त्रालयको आग्रह अनुसार कारवाही गर्न निर्देशित गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहलाई पत्र पठाएको थियो ।

परिपत्रमा डेरावालहरुले घरधनीको दबाबकै कारण पीसीआर विधिबााट जाँच गर्न भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेकोे भन्दै गृहमन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई स्वास्थ्य मन्त्रालयको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ६ : ५१ बजे

पर्वतमा रास्वपा उम्मेदवार भुसाल विजयी

पर्वत । पर्वतमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । आज

रुपन्देही-२ बाट रास्वपाका सुलभ खरेल भारी मतका साथ विजयी, धन्यवाद र्‍याली गर्ने तयारी

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर

सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, केपी ओली २५ हजारभन्दा बढी मतले पछि

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर

चितवन-२ मा रास्वपा सभापति लामिछाने विजयी

चितवन । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका