४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाहिरबाट काठमाडौं उपत्यका आउनेहरु १४ दिन अनिवार्य होम क्वारेन्टिनमा बस्नुपर्ने



काठमाडौं । उपत्यकाबाहिरबाट काठमाडौं आउनेहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा राख्न गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन जारी गरेको छ ।

गृहमन्त्रालयले मंगलबार उपत्यकाभित्रका तीन जिल्ला प्रशासनलाई परिपत्र जारी गर्दै बाहिरबाट आउनेहरुलाई अनिवार्य होम क्वारेन्टिनमा राख्ने परिपत्र जारी गरेको हो ।

बाहिरबाट आउनेह्ररुलाई घरधनीले पीसीआर रिपोर्ट माग्ने गरेको भन्दै गृहले अनावश्यक पीसीआर जाँचको दबाब नदिने वातवारण बनाउन स्वास्थ्य मन्त्रालयको आग्रह अनुसार कारवाही गर्न निर्देशित गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहलाई पत्र पठाएको थियो ।

परिपत्रमा डेरावालहरुले घरधनीको दबाबकै कारण पीसीआर विधिबााट जाँच गर्न भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेकोे भन्दै गृहमन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई स्वास्थ्य मन्त्रालयको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ६ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको