३ चैत्र २०८२, मंगलबार | March 17, 2026

फ्राइडे रिलिज : छक्का पञ्जा-४ र छडके-२ आजबाट प्रदर्शनमा



काठमाडौं । बहुप्रतिक्षित फिल्म छक्का छक्का पञ्जा-४ र छडके-२ आजवाट प्रदर्शनमा जाने भएका छन् । दिपकराज गिरी र दिपाश्री निरौलाको छक्का पञ्जा-४ र अनमोल केसी अभिनित छडके-२ आजबाट प्रदर्शनमा आउन लागेको हो ।

हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ । फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन् । नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् । आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको छ ।

उता, निर्भान फिल्म स्कुलको छडके-२ मुख्य कलाकारमा अनमोल केसी छन् । चकलेटी हिरोको छवी बनाएका अनमोल छडके-२ बाट ग्यांगस्टार मुहारमा देखिदैछन । प्रशान्त गिरी र देवकुमार श्रेष्ठको निमार्णमा रहेका छडके-२ लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन ।

दुवै सिक्ववेल मुभी हुन । एकैपटक  सिक्ववेल मुभी  रिलिज भएकाे सम्भवत पहिलाे पटक हाे ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : ११ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन