३ पुस २०८२, बिहिबार | December 19, 2025

सगरहवामा गरिने मूर्तीकार्यशालाको समय परिवर्तन, चैत २३ देखि शुरु हुने



लुम्बिनी । कपिलबस्तु राष्ट्रिय मूर्तीकला कार्यशाला आगामि चैत २३ गते पूर्णिमादेखि हुने गरि कार्यतालिका परिवर्तन गरिएको छ । यसअघि फागुन २३ गते पूर्णिका दिनदेखि ऐतिहासिक स्थल सगरहवामा कार्यशाला गर्ने तयारी गरिएको थियो । सगरहवा पुरातात्विक स्थल भएकाले त्यहाँ जियोफिजकल सर्भे गर्नुपर्ने, मूर्तीका लागि आवश्यक ढुंगा व्यवस्थापन गर्नुपर्ने तथा विद्युत जस्ता अन्य प्राविधिक कामका लागि समय अपुग भएपछि कार्यशाला एक महिनापछाडि सारिएको हो ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईको अध्यक्षतामा कपिलबस्तुको सगरहवामा विहिबार जनप्रतिनिधि सहित त्यस क्षेत्रका कार्यशाला सम्पन्न गर्न गठित समितिका संयोजकहरुको बैठकले चैत २३ गतेदखि कार्यशाला गर्ने गरि कार्यतालिका परिवर्तन गर्ने निर्णय गरेको हो । बैठकले व्यवस्थित रुपमा स्थानीयहरुको समेत सक्रिय सहभागितामा कार्यशाला सम्पन्न गर्ने गरि समयअवधि समेत तोकिएको छ । पुरातात्व विभागले सगरहवाको जियोफिजिकल सर्भे ९जमिनमुनी पुरातात्व संरचना भएनभएको परीक्षण० गरेर प्रतिवेदन दिएपछि स्थान छनौट र ढुंगा व्यवस्थापनका लागि फागुन मसान्तसम्मको समय तोकिएको छ ।

विद्युत व्यवस्थापन चैत पहिलो साता, चैत १७ भित्र कलाकारहरुको छनौट र मूर्तीको म्याकेट माग गर्ने निर्णय भएको छ । बैठकले कार्यशालालाई स्थानीयहरुको अपनत्वमा सम्पन्न गर्न ढुंगा व्यवस्थापन, विद्युत व्यवस्थापन, साँस्कृतिक कार्यक्रम व्यवस्थापन, आमा समूह परिचालन जस्ता उपसमितिहरु गठन गरिएको लुम्बिनी विकास कोष तिलौराकोट शाखा प्रमुख माधव प्रसाद आचार्यले जानकारी दिए । बैठकमा लुुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य विश्वराज पौडेल, परिषद सदस्य गोपिकृष्ण शर्मा, कपिलबस्तु नगरपालिका वडा न। ९ का वडाअध्यक्ष दीपक गुुरुङ, विज्ञ समितिका सदस्य गिता अन्जान केसि, प्राज्ञ गोविन्द प्रसाद चौधरी, पत्रकार भेषराज पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

कार्यशाला सम्पन्न गर्नका लागि माघ १६ गते सगरहवाका प्रतिनिधि, प्रदेशसभाका सांसद, कपिलबस्तु नगरपालिकाका जनप्रतिनिधि एंव स्थानीय सरोकारवालाहरुको उपस्थितीमा भेला गरिएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ११ : ५९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको