७ पुस २०८२, सोमबार | December 22, 2025

महिला सांसदका आवाज सञ्चार माध्यमको प्राथमिकतामा परेन : सभामुख घिमिरे



काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा महिला सांसदहरुले उठाएका आवाजलाई सञ्चार माध्यमले प्राथमिकता दिनुपर्ने बताएका छन् ।

प्रेस काउन्सिल नेपालले शुक्रबार काठमाडौं आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभामुख घिमिरेले सञ्चार माध्यमले विषयभन्दा पनि व्यक्तिलाई केन्द्रित गरेर प्राथमिकतामा राख्ने गरेको बताए ।

‘म सभामुख भएको धेरै समय त भएको छैन, तर संसदमा महिला माननीयका कतिपय गम्भीर विषयलाई पनि मिडियाले प्राथमिकता नदिएको अनुभव गरेको छु,’ उनले भने, ‘व्यक्ति हेरेर केही माननीयहरुले बोलेको कुरा चाहिँ प्राथमिकताका साथ आउँछन् ।’

सभामुख घिमिरेले व्यक्तिभन्दा पनि विषयलाई प्राथमिकता दिन सके सञ्चारमा महिलाका सवालले प्राथमिकता पाउने उल्लेख गरे । उनले संघीय संसदले विगतमा महिला सांसदहरुका लागि सञ्चार सम्बन्ध विस्तारका लागि कार्यक्रम गर्ने गरेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने जानकारी दिए ।

सभामुख घिमिरेले संसद रिर्पोटिङमा पत्रकार महिलाहरुको उपस्थिति कम रहेको बताउँदै सञ्चारसँग सम्बन्धित संस्थाहरुले सकारात्मक पहल गर्ने विश्वास व्यक्त गरे । सभामुख घिमिरेले प्रेस काउन्सिल ऐनलाई संशोधन गर्दै समयसापेक्ष बनाउने धारणाप्रति आफू सकारात्मक रहेको बताउँदै सरोकारवाला निकायलाई छलफल गर्न आग्रह गरे ।

‘सञ्चारसँग सम्बन्धित रोकिएका विधेयक अगाडि बढाउन र समयानूकूल बनाउनेतर्फ पनि तपाईंहरुले गृहकार्य र छलफल गर्न सक्नुहुन्छ,’ उनको भनाइ थियो ।

कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस काउन्सिल ऐनका कतिपय दफाहरु संशोधन आवश्यक रहेको भन्दै समयानुकूल बनाउन सभामुखको ध्यानाकर्षण गराए । उनले डिजिटल सञ्चार माध्यमलाई समेत समेट्ने गरी कानून संशोधनमा जोड दिए ।

कार्यक्रममा त्रिभूवन विश्वविद्यालयका सहप्राध्यापक डा। कुन्दन अर्याल, प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले सञ्चारमा महिलाको उपस्थिति र महिला सवालका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ३ : ०० बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत