२९ मंसिर २०८२, सोमबार | December 15, 2025

आजको मौसम : देशभरको मौसममा बदली, अधिकांश क्षेत्रमा वर्षा र कर्णाली प्रदेशमा आकस्मिक बाढीको सम्भावना



काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

प्रदेश २ का बारा, पर्सा, रौतहट र प्रदेश ५ का बाँके, बर्दिया र दाङमा मौसम सफा छ । सुदुरपश्चिम प्रदेशका पहाडी भूभाग र प्रदेश १ का तराई भूभागमा बर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी पछिल्लो ३ घण्टामा अछाम, डोटी, बैतडी, बझाङ, बाजुरा, डडेलधुरा, दार्चुला, कालीकोट, दैलेख र आसपासका केहि स्थानमा हल्का देखि मध्ययम बर्षा मापन भएको छ भने अछाम, बझाङ, बाजुरा र डोटी आसपास भई बहने साना नदीमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

आज राती देशका सबै प्रदेशका अधिकांश स्थानहरुमा पूर्ण बदली रही हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश २, कर्णाली र गण्डकी प्रदेश का केही स्थानमा भारी वर्षाको संभावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ६ : ४८ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार