२८ असार २०८३, आइतबार | July 13, 2026

लायन्स क्लब अफ बुटवल स्मार्ट सिटीले बुटवलमा छक्का पञ्जा-४ को च्यारेटी



बुटवल । लायन्स क्लब अफ बुटवल स्मार्ट सिटीले बुटवलमा छक्का पञ्जा ४ को च्यारेटी शो गरेको छ । सामाजिक कार्य गर्ने उद्देश्यले शनिबार विहान ८ बजे बुटवलको सिटी सेन्टरमा रहेको आईएनआई सिनेमामा च्यारेटी शो आयोजना गरेको हो ।

च्यारेटी शोमा १ सय ६३ जनाले चलचित्र हेरेका थिए । चलचित्र हेरेका सवैले छक्का पञ्जा ४ फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिएका थिए ।

फिल्म हेरेर फर्किएका अधिकांश दर्शकले यसको कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयलाई उत्कृष्ट भनेका छन् । दर्शकको वर्ड अफ माउथका कारण पनि फिल्मले आगामी दिनमा उच्च कमाई गर्ने छनक दिएको छ । चलचित्र पत्रकार संघ रुपन्देहीका कोषाध्यक्ष राजिव भुसालको संयोजनमा भएको च्यारेटी शो भएको थियो ।

च्यारेटी शो बाट बचत भएको रकमलाई अनाथ असाहयलाई सहयोग गर्ने लायन्स क्लव अफ बुटवल स्मार्ट सिटीका अध्यक्ष जीतु रानाले बताए ।

हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपक, दीपा, केदार, निर्मल, बुद्धि, राजसँगै सुश्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ । फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन् ।

नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको फिल्म गत शुक्रबार देखि प्रर्दशनमा आएको हो ।

फिल्मले नेपाली फिल्म क्षेत्रमा फेरि एकपटक चहलपहल ल्याइदिएको छ । यो साता केही सार्वजनिक बिदा समेत परेकाले फिल्मलाई फाइदा हुने पक्का छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  १ : ३६ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली