२८ असार २०८३, आइतबार | July 13, 2026

छक्का पन्जाको टिमको गीतमा किन अट्न सकेनन जीतु (भिडियो सहित)



बुटवल । नेपाली कलाकारिता क्षेत्रमा अझ भनौ नेपाली चलचित्र क्षेत्रमा “कोहि कसैको स्थायी मित्र पनि हुन् सक्दैन कोही कसैको स्थायी सत्रु पनि हुन् सक्दैन” यो भनाई चर्चित मनोरंजन पत्रकार एबम निर्देशक प्रकाश सुबेदीले आफ्नो लामो समयदेखि संचालन गर्दै आईरहेको कार्यक्रम “रजतपट” मा भन्दै आईरहेका छन । उनको यो भनाई चलचित्र कर्मीमा पनि लागु हुने गरेको पाईएको छ । प्राय कलाकर्मी कहिले बेस्सरी झगडा गर्छन त् कहिले संगै एक अर्काको चलचित्रको मिलेर गला मिलाईरहेका हुन्छन्। यो त हाम्रा चलचित्रकर्मीलाई सामान्य जस्तै भैसक्यो ।

अब कुरोको चुरोको कुरा गरौ प्रसंग हो, छक्का पन्जाको टिमले एउटा होलीको गीत हालै मात्र रिलिज गरेको छ । जसमा हास्यकलाकार तथा निर्देशक दिपाश्री निरौलाले आफै गाए र संगै निर्देशन पनि गरेकी छिन । गित हो “धनिया के होलि” “धनिया” दिपाश्रीको चर्चित पात्र हो जहा दर्शक श्रोताले उक्त चरित्र निकै रुचाएका थिए । त्यहि नामले उनले “धनिया के होलि” नामक गित ल्याईन । उनलाई स्वरमा साथ निरज खड्काले दिएका छन । छक्का पन्जाको टिम भनिसकेपछि दिपकराज गिरि, केदार घिमिरे (माग्ने बुढा) जितु नेपाल लगायतलाई दर्शकले बुझ्ने गर्दछन् । तर यसपालिको यो टिमबाट हास्यकलाकार जितु नेपाल बाहिरिएको खबर आएको छ । टिमले जितुलाई उक्त गितबाट हटाए पनि यो कुरा जितुले गाृप्य राख्दै आएका छन् । तर अहिलेको यो भिडियोमा छक्का पन्जाका प्राय सबै कलाकार हुदा जितु नेपाल नदेखिएपछि दर्शकहरुले उनी नदेखिनुको कारण सोध्न थालेका छन् । भिडियोको कमेन्टमा पनि जीतु खै भन्ने कमेन्ट धेरैको आएको छ । जितुले उक्त भिडियोको लिंक सारै राम्रो लाग्यो भन्दै सेयर समेत गरेका छन ।

केहि समय अघि हास्यकलाकार एबम निर्देशक दिपाश्री निरौलाको एउटा टेलिभिजन कार्यक्रमको अन्तर्वार्तामा महानायक राजेश हमालको बिषयमा उनको बोलि चिप्लियो । उक्त भिडियोको क्लिप्स सामाजिक संजालमा निकै भाईरल भएको थियो । दीपालाई यति नकारात्मक कमेन्ट आयोकी उनी झन्डै डिप्रेशनमा पुगेकी थिइन । उनले बारम्बार माफी मागिन तर केहि लागेन । यसैक्रममा नेपाल टेलिभिजनमा जितु नेपालले संचालन गर्दै आईरहेको “मुन्द्रेको कमेडी क्लब” पहिलो सिजन लकडाउनका कारण बन्द भएको कार्यक्रम फेरी अर्को सिजन २ ल्याउने तयारि भयो । दीपाको बिबाद चर्किएपछि कार्यक्रमको प्रायोजकले कार्यक्रमको अध्यक्ष दिपाश्री निरौलालाई हटाए मात्र कार्यक्रम प्रायोजन गर्ने प्रस्ताब गरे । दीपाको ठाउमा नायिका करिश्मा मानन्धरलाई राख्ने सहमति भयो । जितु उक्त प्रस्ताव मान्न बाध्य भए । यसपछि दिपाश्रीको ठाउमा करिश्माको आगमन भयो ।

छक्का पन्जा टिम संग चिसियो सम्बन्ध :
नया सिजनपछि दिपाश्री र जीतुको बिबादलाई लिएर दिपकराज गिरिसंग र टिमसंग सम्बन्ध चिसिएको छ । त्यसको केहि सातापछि छक्का पन्जा ४ को लागी टिम घोषणामा जितुलाई छुट्टाए । दीपकलाई जितुले नै हटाएको र राख्न पहल नगरेको भन्ने चलचित्र जगतमा अहिले चर्चा चलेको छ ।

जितु र दिपाश्री कार्यक्रममा संगै देखिएपनि गत साता कान्तिपुरले नया टेलिभिजन घोषणा कार्यक्रममा पनि जितु र दिपकको बोलचाल भएन । यहि कारणले गर्दा यो गीतमा जितु नदेखिएको धेरैले अड्कल गरेका छन । यस अघि जितु र दिपक र टिम मिलेर धेरै चलचित्र संगै सफल बनाईसकेका छन ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ९ : ०० बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली