२७ असार २०८३, शनिबार | July 11, 2026

कर्नाटकमा भाजपा नेताको घरमा छापा हान्दा ९ करोड भारु बरामद



कर्नाटक । कर्नाटकमा भारतीय जनता पार्टी (भाजपा)का एक नेताको घरमा अबैध रूपमा लुकाइराखिएको करोडौं रुपैया फेला परेको छ । सो घटनालाई लिएर कर्नाटकमा काग्रेस आइका कार्यकर्ताले चर्को प्रदर्शन गरेका छन ।

भारतीय सञ्चार माध्यमका अनुसार कर्नाटकका भाजपाका विधायक मदाल विरुपकक्षप्पाको घरवाट हालसम्म ९ करोड भारु अर्थात १६ करोड बराबर भन्दा बढी रकम फेला परे पछि कांग्रेस आइका कार्यकर्ताले उनलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन ।

सो रकम फेला परे पछि विधायक विरुपाक्षप्पाले सो क्षेत्रका प्रख्यात साबुन बनाउने सरकारी कम्पनी कर्नाटक सोप्स एण्ड डिटर्जेन्ट लिमिटेडको अध्यक्ष पदबाट राजीनामा दिएका छन् भने उनको खिलापमा कारबाही अगाडी बढाइएको छ ।

विरुपकक्षप्पाको कार्यालय र घरमा बिहीबार देखी सुरु भएको छापा शुक्रवार अबेरसम्म चलेको थियो ।  कर्नाटक विधानसभा चुनावको दुई महिना अघि भ्रष्टाचारको मुद्दामा उनको घरमा छापा मारिए पछि भाजपालाई भने अप्ठयारो पर्ने देखिएको छ ।

लोकायुक्त प्रहरी एक अधिकारले भने, ‘अध्यक्ष र उनका छोरा प्रशान्तको घरबाट ६ करोड १० लाख भारु बरामद भएको छ भने प्रशान्तको निजी कार्यालयबाट मात्रै १ करोड ६२ लाख रुपैयाँ प्राप्त भएको छ, अझै रकम रहेको आशंकामा हामीले खोजबिन गरिरहेका छौं  । सो घटनामा प्रशान्त, उनका लेखापाल र अन्य तीन जनासहित पाँच जनालाई पक्राउ गरिएको छ ।

लोकायुक्त प्रहरीलाई गोप्य सूचना र औपचारिक उजुरी समेत दर्ता भएपछि यो छापा मारिएको हो । छोरा प्रशान्तले ४० लाख भारु घुस लिएको उजुरी परे पछि भन्दै छापा मार्दा ९ करोड बराबर नगद फेला परेको प्रहरीको भनाई छ।

प्रशान्त आफै सरकारी जागिर गर्छन् । उनी बैंगलोर पानी आपूर्ति र ढल निकास बोर्डमा मुख्य लेखापाल हुन्। यसअघि उनी भ्रष्टाचार विरोधी ब्यूरोमा आर्थिक सल्लाहकार थिए । यो ब्यूरो गत वर्ष विघटन गरी लोकायुक्त बनेको थियो ।

बिद्यायक  विरुपाक्षप्पाले आफनो पदवाट राजिनामा दिनु पर्ने तथा उनलाई पक्राउ गरी कारबाही गर्नुपर्ने भन्दै कांग्रेस आईका कार्यकर्ताले प्रदर्शन गरेका हुन ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  २ : ५२ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका