५ चैत्र २०८२, बिहिबार | March 19, 2026

खजुराको महायज्ञस्थलमा लक्ष्मी नारायणको नयाँ मुर्ति भित्राइयो



खजुरा । बाँकेको खजुरामा अवस्थित लक्ष्मीनारायण मन्दिरमा नयाँ मुर्ति स्थापना गरिएको छ । २०४३ सालमा स्थापना भएको सो मन्दिरको मुर्ति खण्डित भएकोमा आज बिधिपूर्वक नयाँ मुर्ति स्थापना गरिएको हो ।

नौमती बाजा सहित भक्तजनहरुको ठुलो उपस्थितीमा मन्दिर परिषरमा नारायण र लक्ष्मीको मुर्ति भित्राइएको छ । प्राण प्रतिस्थाको बिधि अनुसार ३ दिन सम्म बिभिन्न पुजा अर्चना गरेपछि २४ गते मुर्तिको प्राण प्रतिस्थाको कार्य सम्पन्न हुने सन्त श्रीदीनदयालजी महाराजले जानकारी दिए ।

सोही मन्दिरलाई केन्द्रबिन्दु बनाएर खजुरा क्षेत्रको धार्मिक क्षेत्रहरुको प्रचार गर्ने र धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले २४ गतेबाट मन्दिर परिषरमा सप्ताहब्यापी श्रीमदभागवत महायज्ञ संचालन गर्न लागिएको छ । महायज्ञको तयारी अन्तिम चरणमा पुगेको महायज्ञ सम्पादन समितिका संयोजक शिवराज श्रेष्ठले बताए ।

कथा प्रवचक बालकृष्ण अर्यालबाट संगीतमय प्रवचन हुने महायज्ञबाट संकलित रहकमबाट खजुरामा विशाल चक्र सहितको नाराणलक्ष्मीको मर्ति स्थापना गर्नुका साथै खजुरा क्षेत्रमा रहेका प्रख्यात ऐतिहासिक धार्मिक स्थलहरुको महिमा प्रचार गर्ने उद्देश्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।

महायज्ञमा बाँके र बर्दियाका गरि लाख बढी भक्तजनहरुको उपस्थिती रहने महायज्ञ प्रचार समितिका संयोजक खगेन्द्र दाहालले बताए ।

खजुरामा १४ वर्ष अगाडी आयोजना गरिएको महायज्ञकै जगमा क्यान्सर अस्पताल स्थापना भएको थियो । सो अस्पतालले हाल नारायणी पश्चिम सहित भारतको उत्तर प्रदेशका क्यान्सरका बिरामीलाई स्वास्थ्य सेवा दिँदै आएको छ ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ११ : २० बजे

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

संसद् सचिवालयले बोलायो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

काठमाडौं । संघीय संसद् सचिवालयले फागुन २१ को निर्वाचनबाट विजयी

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ । बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना

मुआब्जा विवादले पूर्व-पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ ।

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे