४ पुस २०८२, शुक्रबार | December 19, 2025

पूर्वमाओवादी नेताहरु एकै मञ्चमा; एकजुट हुन प्रचण्डको आह्वान



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरु एकजुट हुनुपर्ने बताएका छन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबार आयोजित ‘जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीहरु एकजुट भएर सडकमा लाखौँ जनता उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरु कमजोर हुने दाबी गरे ।

डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लवसहितका पूर्वमाओवादी नेताहरुलाई एकजुट हुन आह्वान गर्दै प्रचण्डले भने, एकचोटी माओवादीहरू एकै ठाउँमा जम्मा भएर लाखौँ जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरू धेरै कमजोर छन्। माओवादीले फेरि एक पटक विजयको नयाँ यात्रा सुरु गर्न सक्छ।’

माओवादी शक्तिहरू एकताबद्ध हुँदाको प्रभाव बुझेर प्रतिक्रियावादीहरुले विभिन्न भ्रम छरेर घेरा हाल्ने षड्यन्त्र गरिरहेको भन्दै अध्यक्ष प्रचण्डले माओवादीहरु एकजुट भएर फेरि एक पटक विजयको नयाँ यात्रा सुरु सकिने दाबी गरे ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको