१५ माघ २०८२, बिहिबार | January 30, 2026

खजुरामा भोली होली उत्सव मनाइने, पत्रकार र स्थानीयबीच फुटवल भिडन्त हुने



खजुरा । फागु पुर्णिमाको अवसरमा बाँकेको खजुरामा होली उत्सव मनाइने भएको छ । आदर्श युवा सञ्जालको आयोजना फागु पुर्णिमाको दिन सोमबार होली उत्सव मनाइन लागिएको हो ।

होली उत्सवमा होली मिलन शुभकामना आदान प्रदान कार्यक्रम गरिनुका साथै जिल्लाका क्रियाशिल पत्रकार र सञ्जालका सदस्यहरु बीच मैत्रिपुर्ण फुटबल खेलाइने सञ्जालका सचिव सुवास निरौलाले जानकारी दिए ।

सञ्जालले हरेक वर्ष होलि पर्वका अवसरमा पत्रकार र सञ्जाल सदस्यविच फुटबल खेलको आयोजना गर्ने गरेको छ । सामाजिक सदभाव कायम राख्ने उदेश्यले सञ्जालले होली उत्सवको आयोजना गरिएको सचिव निरौलाले बताए ।

पहाडी क्षेत्रमा होलि पर्व मनाइने दिन २२ गते नै खजुराको मिनि रङ्गशाला डि गाउँमा होलि उत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । होलीका कार्यक्रमको तयारी स्वरुप आज होलीको टिसर्ट अनावरण गरिएको आदर्श युवा सञ्जालका अध्यक्ष देव बहादुर कुंवरले जनाए । विहान ८ बजेदेखि सुरु हुने होली उत्सवको तयारी पुरा भएका फिल्ड व्यवस्थापक बासु तिवारीले जानकारी दिए ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ९ : ५९ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला