२० बैशाख २०८३, आइतबार | May 3, 2026

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध



म्याग्दी । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड बुधबार बिहानदेखि अवरुद्ध भएको छ ।

लगातारको वर्षा, भिरालो जमीन र कमजोर भू–बनावटका कारण अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्से झरनाको माथिबाट ढुङ्गामाटो सहितको लेदो पहिरो खस्दा सडक अवरुद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए ।

सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए । अविरल वर्षाका कारण मुस्ताङ जोड्ने एकमात्र सडक अवरुद्ध भएपछि समस्या भएको छ ।

सडक स्तरोन्नतिका लागि डोजर, स्काभेटर आदिको प्रयोग गरिएपछि वर्षाले हिलाम्ये हुँदा सानाठूला सवारीसाधन हिलोमा फस्ने गरेका छन् । सडकखण्डमा सामान्य वर्षामा समेत हिलाम्ये हुँदा यात्रा कष्टकर बनेको दानाका पर्यटन व्यवसायी शेरचनले बताए । “सडकको धरापले यात्रुलाई सास्ती छ, तत्काल मर्मत गरे पनि पुनः खस्ने गरेको छ”, उनले भने ।

उत्तरी म्याग्दी र मुस्ताङ आवतजावत गर्ने मोटरसाइकल र साना सवारी साधन आवतजावतमा ठूलो जोखिम रहेकाले सतर्कता अपनाउन अन्नपूर्ण गाउँपालिकाले समेत अनुरोध गरेको छ ।

मुस्ताङ जोड्ने सडक रघुगङ्गा गाउँपालिकाको चमेरेदेखि अन्नपूर्ण गाउँपालिकाको गुइँठे, रुप्से झरना, खामाभित्ताको द्वारी खोला र काभ्रेभिरमा धेरै समस्या रहेको छ ।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडकखण्डअन्तर्गत सबैभन्दा जोखिमपूर्ण म्याग्दीको दानादेखि मुस्ताङको घाँसासम्म पर्छ । बर्खाको समयमा यात्रुल ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

सडकखण्डअन्तर्गत गत शनिबार चमेरेदेखि मुस्ताङको सिमाना घाँसासम्म करीब आधादर्जन स्थानमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाएर यातायातका साधन सञ्चालन गरेको तीन दिन बित्न नपाउँदै आज बिहानदेखि पुनः सडक अवरुद्ध भएको हो । -रासस

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १२ : ३९ बजे

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-अभिलेख

लालपुर्जा नभएका सबैलाई हटाउन खोजे ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्नेछ : शंकर पोखरेल

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि निरन्तर डोजर

पहिरोले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

काठमाडौं । केही दिनयतादेखिको वर्षासँगै आएको पहिरोका कारण देशभरीमा विभिन्न

विश्वकप डिभिजन लिग-२ मा आज ओमान र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज ओमान

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका