१६ असार २०८३, मंगलबार | June 30, 2026

आइसिसी विश्वकप लिग-२ : आज घरेलु मैदानमा नेपाल पपुवा न्युगिनीसँग भिडदै



काठमाडौं । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिभुवन विश्वबिद्यालयको घरेलु मैदानमा नेपाली टोलीले आज पपुवा न्युगिन्हीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।  नेपालसँग लगातार दुई खेल हारेर पीएनजी कीर्तिपुर क्रिकेट मैदानमा उत्रँदै छ।

यसअघि फागुन १९ मा भएको खेलमा पपुवा गिन्हीलाई नेपालले हराएको थियो । पपुवा गिन्हीले दिएको सय ८० रनको टार्गेट पछयाउँदै नेपालले नेपालले ४८ ओभरमा ७ विकेटले जीत हासिल गरेको थियो ।

नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । नेपालले अव दुई खेल जिते ३६ अंक हुनेछ ।  दुई जित शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज पुन: हुने खेलका लागि नेपाली खेलाडीको सुची सार्बजनिक गरिसकेको छ । सातौँ स्थानमा रहेको पीएनजीको ३२ खेलबाट ९ अंक छ।

बिहीबार देखि घरेलु मैदान टियुमा हुने सो खेलका लागि मौसम ढकाल र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको सूचिमा राखेको क्यानले युएईसँगको अन्तिम खेल गुमाएका कुशल भुर्तेल टोलीलाई भने टिममा फर्काएको छ । तर, अन्य खेलाडी कुनै परिवर्तन गरेको छैन ।

नेपाली टोली:

रोहित पौडेल (कप्तान, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, भिम सार्की, ललित राजबंशी

बेञ्चमा: सन्दिप जोरा, श्याम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद

नेपालले टियु मैदानमा मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्ने कार्यतालिका छ ।

 

 

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ७ : १४ बजे

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज