१३ असार २०८३, शनिबार | June 27, 2026

गुल्मीको धुर्कोटमा फेला प¥यो नयाँ गुफा



गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा नयाँ गुफा फेला परेको छ । गत छ दिनअघि हाडहाडेको बर्दबासस्थित धाराखोलामा करिब एक सय मिटर लामो गुफा फेला परेको वडाध्यक्ष पदम विष्टले जानकारी दिए ।

दुम्सीको दुलो भनेर चिनिएको उक्त ठाउँमा मान्छे छिर्नसक्ने प्वाल थियो । गुफाभित्र शिवलिङ्ग, गाईको थुन, मूर्ति, मानिसको आकार, रक्त धारा, सातमुखे नागका आकार, महिलाले बच्चा लिएर बसेको, नाग, खेतबारी जस्ता देखिने विभिन्न आकर्षक आकृति रहेको उनले बताए ।

नयाँ गुफा फेला परेको जनाकारी पाएपछि यतबेला दैनिक सयौँ मानिस अवलोकनका लागि गुफा पुग्ने गरेका छन् । पाँच दिनको अवधिमा छ सयभन्दा बढी व्यक्तिले अवलोकन गरिसकेको वडाध्यक्ष विष्टले बताए ।

विसं २०२८ मा बहुदलीय र निर्दलीयबीचको लडाईं हुँदा सोही ठाउँमा गई लुकेको स्थानीयवासीले बताए । विसं २०६२ मा तुलाराम पाण्डेलगायत स्थानीयवासी सो ठाउँमा ढुङ्गा झिकेर भित्र पस्ने प्रयास गर्दा प्वालभित्र रहने जङ्गली जनावरको आक्रमणको भयले भित्र जान सकेका थिएनन् ।

मान्छे लुक्न मिल्ने प्वाल भेटिए पनि उक्त स्थानलाई साराको दुलोको नामले चिन्दै आइएको थियो । छलफलकै क्रममा उक्त ठाउँमा प्वाल भएको जानकारीपछि वडाध्यक्ष विष्टकै पहलमा स्थानीय तुलाराम पाण्डेको नेतृत्वमा प्वाल भित्र जाँदा गुफा रहेको पत्ता लागेको हो । उक्त गुफाको चौडाइ र उचाइ पाँचदेखि आठ फुटसम्म रहेको बताइएको छ ।

नयाँ फेला परेको गुफालाई ‘धनिश्वर मनोरम नागेश्वर गुफा’ नामकरण गरिएको छ । गुफा संरक्षणका लागि रामप्रसाद कुँवरको अध्यक्षतामा १३ सदस्यीय संरक्षण समिति, प्रेम नेपालीको संयोजकत्वमा प्रचारप्रसार समिति र जुद्धबहादुर खत्रीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । हाडहाडेमा भेटिएको नयाँ गुफासँगै धुर्कोट गाउँपालिकामा विचित्र गुफासहित गुफाको सङ्ख्या दुई पुगेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  १ : १८ बजे

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकमा कारको ठक्करबाट दुई

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष

फिफा विश्वकप : नर्वेलाई हराउदै फ्रान्स समूह आइको विजेता

काठमाडौं । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा