५ श्रावण २०८३, मंगलबार | July 21, 2026

आध्यात्मलाई सामाजिक विकासमा जोड्दा छिटो नतिजा निस्कन्छ : संबिधानसभा पूर्व उपाध्यक्ष सुबेदी

महायज्ञमा पहिलो दानवीर बनिन पालिका उपाध्यक्ष मल्ल



खजुरा । संबिधानसभाकी पूर्व उपाध्यक्ष पूर्णकुमारी सुबेदीले आध्यात्मलाई भौतिक विकाससँग जोड्न सके सबै भन्दा छिटो सामाजिक विकास गर्न सकिने बताएकी छन् । बाँकेको खजुरामा जारी महायज्ञको दोस्रो दिनको धार्मिक सभालाई सम्बोधन गर्दै उनले धार्मिक महायज्ञबाट क्यान्सर अस्पताल छिटो बन्न सकेको बताइन् ।

उनले खजुराको नागरिकको एकताबाट आफु सधैं प्रभावित रहेको बताउँदै धार्मिक पर्यटन बनाउने उद्देश्यले सुरु गरिएको महायज्ञमा आफ्नो आर्थिक, भौतिक र नैतिक समर्थन रहने प्रतिबद्धता व्यक्त गरिन् । उनले अध्यात्मलाई सामाजिक रुपान्तरणको एउटा बलियो माध्यम बनाउन सकिने पनि उल्लेख गरिन् ।

धार्मिक सभालाई सम्बोधन गर्दै भारतबाट महायज्ञमा सहभागी भएका अनन्त विभूषित गौरीशंकराचार्य महराजले अध्यात्मलाई सामाजिक विकासमा जोडेर खजुराबासीले सत्कर्म गरेको बताए । उनले नेपाली मन अत्यन्त कोमल र दयालु हुने गरेको चर्चा गर्दै इश्वरको नाममा गरिएको महायज्ञको लक्ष्य पुरा हुने विश्वास व्यक्त गरे ।

पहिलो दानवीर बनिन पालिका उपाध्यक्ष मल्ल

खजुरामा जारी महायज्ञको पहिलो दानकर्ता सोही गाँउपालिकाकी उपाध्यक्ष मन्जुमल्ल बनेकी छन् । उनले महायज्ञको पहिलो दिन संकलप् गरेकी १ लाख ५ हजार ५५५ लाई थपेर आज महायज्ञका लागि एक लाख ५५ हजार ५५५ रुपैयाँ दान गरेकी छन् । दान रकम हस्तान्तरण गर्दै उपाध्यक्ष मल्लले जन्मदिएर हुर्काएका स्वर्गिय बुवा मुवा र कर्मदिने स्वर्गिय ससुरा बुवा र सासुआमाको स्मृर्तिमा दान गरेको बताइन् । बोल्दाबोल्दै भावुक बनेकी उनले घर र माइतीको बुवा आमाकै कारण आफु सफल भएको बताउँदै सबैलाई जन्मदिने बुवा आमा र कर्म दिने बुवा आमालाई सम्मान गर्न आग्रह गरिन् ।

महायज्ञमा आज मात्र ५ लाख बढी रकम संकलन भएको महायज्ञ सम्पादन समितिले जनाएको छ । खजुरा क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्र बनाउने उद्देश्यले आयोजित महायज्ञबाट संकलित रकमबाट खजुरामा ६० फिट अग्लो सुदर्शन चक्र सहितको लक्ष्मीनारायणको मूर्ती स्थापना गर्ने आयोजकले लक्ष्य लिएको छ । खजुराका धार्मिक क्षेत्रहरुको महिमाको प्रचार गर्ने र खजुरालाई हिन्दुहरुको धार्मिक गन्तब्य बनाउने उद्देश्यले महायज्ञ थालिएको सम्पादन समितिका संयोजक शिवराज श्रेष्ठले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ७ : १० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं