३ पुस २०८२, बिहिबार | December 18, 2025

आध्यात्मलाई सामाजिक विकासमा जोड्दा छिटो नतिजा निस्कन्छ : संबिधानसभा पूर्व उपाध्यक्ष सुबेदी

महायज्ञमा पहिलो दानवीर बनिन पालिका उपाध्यक्ष मल्ल



खजुरा । संबिधानसभाकी पूर्व उपाध्यक्ष पूर्णकुमारी सुबेदीले आध्यात्मलाई भौतिक विकाससँग जोड्न सके सबै भन्दा छिटो सामाजिक विकास गर्न सकिने बताएकी छन् । बाँकेको खजुरामा जारी महायज्ञको दोस्रो दिनको धार्मिक सभालाई सम्बोधन गर्दै उनले धार्मिक महायज्ञबाट क्यान्सर अस्पताल छिटो बन्न सकेको बताइन् ।

उनले खजुराको नागरिकको एकताबाट आफु सधैं प्रभावित रहेको बताउँदै धार्मिक पर्यटन बनाउने उद्देश्यले सुरु गरिएको महायज्ञमा आफ्नो आर्थिक, भौतिक र नैतिक समर्थन रहने प्रतिबद्धता व्यक्त गरिन् । उनले अध्यात्मलाई सामाजिक रुपान्तरणको एउटा बलियो माध्यम बनाउन सकिने पनि उल्लेख गरिन् ।

धार्मिक सभालाई सम्बोधन गर्दै भारतबाट महायज्ञमा सहभागी भएका अनन्त विभूषित गौरीशंकराचार्य महराजले अध्यात्मलाई सामाजिक विकासमा जोडेर खजुराबासीले सत्कर्म गरेको बताए । उनले नेपाली मन अत्यन्त कोमल र दयालु हुने गरेको चर्चा गर्दै इश्वरको नाममा गरिएको महायज्ञको लक्ष्य पुरा हुने विश्वास व्यक्त गरे ।

पहिलो दानवीर बनिन पालिका उपाध्यक्ष मल्ल

खजुरामा जारी महायज्ञको पहिलो दानकर्ता सोही गाँउपालिकाकी उपाध्यक्ष मन्जुमल्ल बनेकी छन् । उनले महायज्ञको पहिलो दिन संकलप् गरेकी १ लाख ५ हजार ५५५ लाई थपेर आज महायज्ञका लागि एक लाख ५५ हजार ५५५ रुपैयाँ दान गरेकी छन् । दान रकम हस्तान्तरण गर्दै उपाध्यक्ष मल्लले जन्मदिएर हुर्काएका स्वर्गिय बुवा मुवा र कर्मदिने स्वर्गिय ससुरा बुवा र सासुआमाको स्मृर्तिमा दान गरेको बताइन् । बोल्दाबोल्दै भावुक बनेकी उनले घर र माइतीको बुवा आमाकै कारण आफु सफल भएको बताउँदै सबैलाई जन्मदिने बुवा आमा र कर्म दिने बुवा आमालाई सम्मान गर्न आग्रह गरिन् ।

महायज्ञमा आज मात्र ५ लाख बढी रकम संकलन भएको महायज्ञ सम्पादन समितिले जनाएको छ । खजुरा क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्र बनाउने उद्देश्यले आयोजित महायज्ञबाट संकलित रकमबाट खजुरामा ६० फिट अग्लो सुदर्शन चक्र सहितको लक्ष्मीनारायणको मूर्ती स्थापना गर्ने आयोजकले लक्ष्य लिएको छ । खजुराका धार्मिक क्षेत्रहरुको महिमाको प्रचार गर्ने र खजुरालाई हिन्दुहरुको धार्मिक गन्तब्य बनाउने उद्देश्यले महायज्ञ थालिएको सम्पादन समितिका संयोजक शिवराज श्रेष्ठले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ७ : १० बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा