२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ भन्ने छैन : उपसभापति खड्का



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पुरुष राष्ट्रपति भइसकेपछि उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ भन्ने नरहेको बताएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिको उम्मेदवार महिला नै हुनुपर्छ भनेको खबर आफूले पढेको भन्दै  उनले त्यो भनाइ संविधान अनुकुल नरहेको बताए ।

शुक्रबार १० दलीय गठबन्धन कार्यदलको बैठकपछि सिंहदरबारमा पत्रकारसित कुरा गर्दै खड्काले प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको व्यवस्था विपरीत अभिव्यक्ति दिएको बताए ।

नेपालको संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा फरक समुदाय हुनुपर्छ भनेको उल्लेख गर्दै खड्काले एउटै समुदायको पुरुष राष्ट्रपति उपराष्ट्रपति दुवै हुन सक्दैन भनेर मात्रै संविधानले व्यवस्था गरेको बताए ।

उपसभापति खड्काले राष्ट्रपति निर्वाचन भइसकेपछिको समीक्षाका रुपमा कार्यदलको बैठक बसेको बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ६ : ५४ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि