३ आश्विन २०८३, शनिबार | September 19, 2026

तेस्रो तिलोतमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु



बुटवल । तिलोतमा नगरपालिकाको आयोजना तथा मणिमुकुन्द भलिबल क्लबको संयोजनमा आयोजित तेस्रो वडा स्तरीय पुरुष भलिबल  प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । तिलोत्तमा-२ स्थित मणिमुकुन्द भलिबल क्लबको मैदानमा आयोजित प्रतियोगिताको पहिलो दिन वडा नम्बर २, ६, ७ र १० विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

उद्घाटन खेलमा बडा नम्बर १० वडा नम्बर ९ लाई पराजित गरेको हो भने वडा नम्बर ६ ले वडा नम्बरलाई पराजित गरेको छ ।  यसैगरी वडा नम्बर ७ ले वडा नम्बर १७ लाई पराजित गर्दा वडा नम्बर २ ले वडा नम्बर ११ लाई पराजित गर्न सफल भयो ।

यसअघि प्रतियोगिताको उदघाटन गर्दै तिलोतमा नगरपालिकाकी उप प्रमुख जगेश्वरीदेवी चौधरीले नगरभित्र हुने हरेक खेलकूद क्षेत्रलाई नगरले आर्थिक तथा भौतीक रुपमा सहयोग गर्दै आएको उल्लेख गरिन् । भलिबल खेल राष्ट्रिय खेल भएकाले नगरपालिकाले आफ्ना वडाहरुमा भएका खेलाडीहरुको खेल बिकास होस भन्ने उद्देश्यले हरेक वर्ष भलिबल खेल आयोजना गर्दै आएको बताइन । खेलकूद क्षेत्रको बिकास भए देश विदेशमा समेत चर्चा हुने भएकाले अनुशासित भएर खेल खेल्न खेलाडीहरुलाई आग्रह गरिन ।

मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले खेलकूदको विकास गर्न सबै पक्ष लाग्नु पर्ने बताए । नेपालका हरेक कुना काप्चामा यो खेल खेलिने गरेको बताउँदै उनले भलिबल खेलको बिकास गर्न विद्यालय स्तरबाट नै खेलाडी उत्पादनमा ध्यान दिन जरुरी रहेको बताए । प्रतियोगितामा तिलोत्तमाका १० वडाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ६० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद ४० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने वडाले नगद २५ हजार कप, मेडल र प्रमाणपत्र पाउने छ भने अन्तिम चारमा प्रवेश गर्ने वडाले १५ हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ८ : ०६ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको