१९ बैशाख २०८१, बुधबार | May 1, 2024

खजुराको महायज्ञमा एकै दिन १० लाख बढी संकलन



खजुरा । बाँकेको खजुरामा जारी श्रीमदभागवत ज्ञान महायज्ञमा आर्थिक संकलनले तिब्रता पाएको छ । महायज्ञ संचालन भएको पाँचौ दिन आइतबार एकै दिन १० लाख बढी रकम दान प्राप्त भएको महायज्ञ सम्पादन समितिले जनाएको छ ।

आइतबार मात्र महायज्ञमा उपस्थित ठुलो संख्याका भक्तजनहरुबाट दान प्राप्त भएको महायज्ञ सम्पादन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए । खजुरा क्षेत्रलाई धार्मिक पर्यटकिय स्थल बनाउने र खजुरामा ६० फुट अग्लो सुदर्शन चक्र सहितको लक्ष्मीनारायणको मूर्ती स्थापना गर्ने उद्देश्यले आयोजित महायज्ञमा अहिले सम्ममा सबैभन्दा बढी खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्लले एक लाख पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ दान गरेकी छन् भने उद्योगी प्रदीप छाजेडबाट एक लाख एक हजार एक सय एघार दान गरेका छन् । बर्दिया मधुबनका भक्तबहादुर केसीबाट एकलाख एक हजार दान दिएका छन् ।

धेरै श्रद्धालुहरुको सहभागीता गराउने उद्देश्यले आयोजकले ५ हजार देखि नै शिलालेखमा नाम लेखाएने व्यवस्था मिलाइएको समितिका कोषाध्यक्ष बिजय बुढाथोकीले बताए । ५० हजार बढी दान गर्नेहरुमा स्थानीय स्वास्थ्यकर्मी सुदीप पौडेल, सुबेदार रामबहादुर केसी, स्थानीय चन्द्रा बोगटी, धनबहादुर केसी लगायत रहेको कोषाध्यक्ष बुढाथोकीले बताए ।

महायज्ञमा माधुर्यवाचक बालकृष्ण अर्यालले कथा वाचन गरिरहेका छन् । ४ करोडको लागतमा निर्माण हुने मूर्ती निर्माणका लागि महायज्ञबाट २ करोड र बाँकी अनुदान संकलन गरेर निर्माण गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । आज ठुलो परिमाणमा आर्थिक संकलनको अपेक्षा रहेको अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ९ : २४ बजे

आज नेपाल र वेस्ट इन्डिज ए बीच तेस्रो खेल हुँदै

काठमाडौं । पाँच खेलको ट्वान्टी-२० शृंखलाका लागि नेपाल भ्रमणमा रहेको

आजको मौसम : लुम्बिनीसहित ३ प्रदेशमा हावाहुरीको संभावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७