३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

खजुराको महायज्ञमा एकै दिन १० लाख बढी संकलन



खजुरा । बाँकेको खजुरामा जारी श्रीमदभागवत ज्ञान महायज्ञमा आर्थिक संकलनले तिब्रता पाएको छ । महायज्ञ संचालन भएको पाँचौ दिन आइतबार एकै दिन १० लाख बढी रकम दान प्राप्त भएको महायज्ञ सम्पादन समितिले जनाएको छ ।

आइतबार मात्र महायज्ञमा उपस्थित ठुलो संख्याका भक्तजनहरुबाट दान प्राप्त भएको महायज्ञ सम्पादन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए । खजुरा क्षेत्रलाई धार्मिक पर्यटकिय स्थल बनाउने र खजुरामा ६० फुट अग्लो सुदर्शन चक्र सहितको लक्ष्मीनारायणको मूर्ती स्थापना गर्ने उद्देश्यले आयोजित महायज्ञमा अहिले सम्ममा सबैभन्दा बढी खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्लले एक लाख पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ दान गरेकी छन् भने उद्योगी प्रदीप छाजेडबाट एक लाख एक हजार एक सय एघार दान गरेका छन् । बर्दिया मधुबनका भक्तबहादुर केसीबाट एकलाख एक हजार दान दिएका छन् ।

धेरै श्रद्धालुहरुको सहभागीता गराउने उद्देश्यले आयोजकले ५ हजार देखि नै शिलालेखमा नाम लेखाएने व्यवस्था मिलाइएको समितिका कोषाध्यक्ष बिजय बुढाथोकीले बताए । ५० हजार बढी दान गर्नेहरुमा स्थानीय स्वास्थ्यकर्मी सुदीप पौडेल, सुबेदार रामबहादुर केसी, स्थानीय चन्द्रा बोगटी, धनबहादुर केसी लगायत रहेको कोषाध्यक्ष बुढाथोकीले बताए ।

महायज्ञमा माधुर्यवाचक बालकृष्ण अर्यालले कथा वाचन गरिरहेका छन् । ४ करोडको लागतमा निर्माण हुने मूर्ती निर्माणका लागि महायज्ञबाट २ करोड र बाँकी अनुदान संकलन गरेर निर्माण गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । आज ठुलो परिमाणमा आर्थिक संकलनको अपेक्षा रहेको अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ९ : २४ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय