११ असार २०८३, बिहिबार | June 25, 2026

राष्ट्रपति पौडेललाई शक्ति राष्ट्रहरुको बधाई तथा शुभकामना



काठमाडौं । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथ ग्रहण सहिए लगत्तै छिमेकी मुलुकका समकक्षीहरुबाट बधाई सन्देश आउन थालेका छन् । राष्ट्रपतिको पद तथा गोपनियताको सपथ सकिए लगत्तै शक्ति राष्ट्रका समकक्षी र राजदूतावास मार्फत बधाई र शुभकामना आउन थालेका हुन् ।

नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षीले बधाई दिएकी छन्।

पद तथा गोपनीयताको शपथग्रहण गरेपछि पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी हुन्।

पछिल्लो केही वर्षयता दुई देशबीचको सम्बन्धले विभिन्न क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको र त्यसले दुवै देशका नागरिकलाई लाभ मिलेको बधाई सन्देशमा उल्लेख गरिएको छ। द्विपक्षीय सम्बन्ध थप मजबुद बनाउनका लागि पौडेलसँग मिलेर काम गर्ने विश्वास लिएको मुर्मुद्वारा विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरि उत्तरी छिमेकी मुलुक चीनले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ।

काठमाडौंस्थित चिनियाँ राजदूत चेन सङ्गले ट्वीट गर्दै पौडेलको सफल कार्यकालको शुभकामकना दिएका छन्। उनले पौडेलको नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन्।

उता अमेरिकाले नेपालका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ।

नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले पौडेललाई सफल कार्यकालको लागि बधाई दिएका हुन्।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ७ : २३ बजे

रुसी राष्ट्रिय दिवसका अवसरमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति यादव सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा आयोजित

दक्षिण कोरियालाई १-० ले हराउँदै दक्षिण अफ्रिका विश्वकपको अन्तिम ३२ मा प्रवेश

काठमाडौं । दक्षिण कोरियामाथि १-० को रोमाञ्चक जित निकाल्दै दक्षिण

भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा

काठमाडौं । भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा गरिएको छ ।

जुम्लाको टम्टी आसपास ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जुम्लामा आज बिहान भूकम्प गएको छ । बिहान

रास्वपा प्रथम महाधिवेशन : पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी