१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

खजुराको धार्मिक पर्यटनलाई गाँउपालिकाबाट गौरवको आयोजना घोषणा



खजुरा । खजुरा क्षेत्रलाई पर्यटकिय केन्द्र बनाउने उद्देश्य सहित गत २४ गते देखी सुरु भएको श्रीमदभागवत ज्ञान महायज्ञ आज समापन हुँदैछ । पर्यटकिय क्षेत्र सहित खजुरामा विशाल लक्ष्मीनारायणको मूर्ती स्थापना गर्ने लक्ष्य राखिएको महायज्ञबाट ५० लाख बढी रकम संकलन भएको महायज्ञ सम्पादन समितिले जानकारी दिएको छ ।

महायज्ञबाट राखिएको धार्मिक पर्यटनको प्रस्तावलाई अनुमोदन गर्दै खजुरा गाँउपालिकाले धार्मिक पर्यटन सहित खजुरामा स्थापना गरिने मूर्तीको योजनालाई गाँउपालिकाको गौरवको योजनामा राख्ने घोषणा गरेको छ ।

महायज्ञस्थलमा बोल्दै खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विकले महायज्ञबाट सुरु गरिएको अभियानलाई आगामी आर्थिक वर्षबाट गौरवको आयोजनामा समावेश गरि कम्तीमा २० लाख नघट्ने गरि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पालिकाले थाल्नु पर्ने योजना महायज्ञबाट प्रस्तावित भएको उल्लेख गर्दै धार्मिक पर्यटनको क्षेत्रकारुपमा खजुरालाई विकास गर्न गाँउपालिकाले कुनै कसर बाँकी नराख्ने बताए ।

उनले आफ्नो व्यक्तिगत तर्फबाट एक महिनाको तलवमा थपेर ५१ हजार महायज्ञलाई दान गर्ने समेत घोषणा गरे ।

महायज्ञमा मंगलबार मात्र १५ लाख बढी संकलन भएको यज्ञ सम्पादन समितिका कोषाध्यक्ष विजय बुढाथोकीले जानकारी दिए । मंगलबार स्थानीय धनसिंह राना, हरिओम सुनार लगायतबाट एकलाख भन्दा बढी दान प्राप्त भएको उनले बताए । धार्मिक पर्यटनलाई भन्दै मंगलबार मात्र ५ सय बढी जेष्ठ नागरिकबाट ५ हजार बढी रकम दान प्राप्त भएको बुढाथोकीले बताए ।

सुस्तश्रवणका विद्यार्थी भागवत कथा सुन्न महायज्ञमा

महायज्ञमा श्रीमदभागवत कथा सुन्न सुस्तश्रवण शक्ति भएका विद्योर्थीहरु समेत महायज्ञमा उपस्थित भएका थिए । कथावाचकले चलाएको ओंठ र इशाराको आधारमा उनीहरुले कथाको भाव बुझेको राष्ट्रिय आधारभूत विद्यालयकी शिक्षिक रमा थापाले बताइन् ।

कथालाई साँकेतिक भाषामा बुझाइएको र अधिकांसले वाचकको इसाराबाटै कथाको सार ग्रहण गरिको उनले बताइन् ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ८ : ३५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले