६ पुस २०८२, आइतबार | December 21, 2025

सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकप्रति मानवअधिकार राष्ट्रिय सञ्जालको विरोध



काठमाडौं । मानव अधिकार राष्ट्रिय सञ्जालले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयकप्रति विरोध जनाएको छ ।

गत १५ फागुनमा सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभामा पेस गरेको थियो । उक्त विधेयक दोषी उन्मुक्ति दिनेगरी ल्याइएको भन्दै सञ्जालले बुधबार विज्ञप्ति जारी गरेर विरोध जनाएको हो ।

अन्तर्राष्ट्रिय मानव अधिकार र मानव अधिकार कानुनले पनि माफी मिनाहा दिन नमिल्ने अपराधका दोषीलाई उन्मुक्ति दिनेगरी विधेयक ल्याएको उसको आरोप छ ।

हत्या, यातना, व्यक्ति बेपत्ता पार्ने कार्य, बलात्कारजस्ता मानव अधिकार कानुन र मानवीय कानुनले समेत जघन्य ठहर गरेको अपराधलाई सामान्य मानव अधिकार उल्लंघनको घटनाको रूपमा व्याख्या गर्न सक्ने अवस्था सिर्जना गरी दोषीलाई वैधानिक उन्मुक्ति दिन खोजेको सञ्जालको भनाइ छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ४ : २९ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र