१० बैशाख २०८३, बिहिबार | April 24, 2026

नेपाल एकीकरणजस्तै आर्थिक समृद्धिको अभियान पनि गोरखाबाटै सुरू गरौँ : वरिष्ठ उपाध्यक्ष ढकाल



गोखरा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गोरखाको विकासको लागि बुढिगण्डकी जलविद्युत आयोजना छिटो अघि बढाउनु पर्ने बताएका छन् ।

गोरखा उद्योग वाणिज्य संघको ४७औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले गोरखा जिल्लाको आर्थिक सम्मद्धि र विकासमा रणनैतिक भूमिका रहेका दुई ठुला आयोजनाहरु गोरखकाली रबर उद्योग पुनः संचालन र बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल शुरु गर्नुपर्ने बताएका हुन् ।

“नेपाल सरकारबाट सहजीकरण र सहयोग भएमा गोरखकाली रबर उद्योग संचालन गर्न मैले पनि पहल गर्नेछु । यसलाई तुरुन्त अगाडि बढाउन सकिन्छ,” ढकालले भने,” यसका साथै बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल शुरु गर्न आग्रह गर्न चाहन्छु।”

उनले मनकामना आउने पर्यटकलाई गोरखा दरबार र यहाँका अन्य पर्यटकीयस्थलहरुसम्म ल्याउन पहल गर्नुपर्ने र यहाँका सुन्तलालगायत स्थानीय उत्पादनको बजारीकरण गर्न आवश्यक रहेको बताए ।

कोरोनाभाइरस महामारीपछि आन्तरिक पर्यटनले अर्थतन्त्र चलायमान बनाउन ठुलो सहयोग गरेको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले गोरखामा पर्यटन क्षेत्रको ठूलो सम्भावना रहेको र आफूले यहाँको पुर्वाधार विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

नेपाल एकीकरण गोरखाबाट शुरू भएर सफल भयो अब आर्थिक रूपमा पनि गोरखालाई महत्त्वपूर्ण जिल्लाको रूपमा बिकास गर्नुपर्छ, उनले भने ।
“अहिले मुलुकको प्रधानमन्त्री यही जिल्लाकै हुनुहुन्छ । महत्वपूर्ण र धेरै विकास बजेट भएको मन्त्रालयमा पनि यही जिल्लाकै उपप्रधान मन्त्री तथा भौतिक विकास मन्त्री हुनुहुन्छ । तपाई हामी सबै पहल गरौँ । नेपाल एकीकरणको शुरु गोरखा जिल्लाबाट भएजस्तै अब मुलुकको आर्थिक सम्मृद्धि र विकासको अभियान पनि यहीबाट शुरु गरौँ,” उनले भने ।

कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रमा विभिन्न समस्याहरु देखिएको बताउँदै ढकालले व्यवसायीहरुलाई संयमित भएर व्यवसाय गर्न आग्रह गरे ।

“कोरोना माहामारी सँगै मुलुकको अर्थतन्त्रमा धेरै समस्याहरू देखिएका थिए । हामी महासङ्घको नेतृत्व बैंकको ब्याजदर लगायत व्यवसायीहरुका समस्याको समाधानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा विभिन्न पक्षसँग वार्ता र छलफल गरिरहेका छौँ । त्यसकै फलस्वरुप आंशिक रुपमा भएपनि व्यवसायीहरुका मागहरु सम्बोधन भएका छन् । हामी महासंघका तर्फबाट व्यवसायीका सबै माग सम्बोधन नभएसम्म निरन्तर पैरवी गरिरहनेछौं,” उनले भने ।

वरिष्ठ उपाध्यक्ष ढकालले ब्याजकै विषयलाई लिएर बैकका कर्मचारीमाथि कुटपिट गर्ने जस्ता गलत क्रियाकलापहरु सुरु भएको र यो काम अत्यन्त निन्दनीय रहेको बताए । उनले बैंकको ब्याजदर अर्थतन्त्रका धेरै पक्षहरुले निर्धारण गर्ने हुँदा कुनै एक बैंकको व्यवस्थापकलाई कुटपिट गर्दैमा यो समस्याको समाधान नहुने पनि बताए ।

ढकालले महासंघको आगामी ५७औं अधिवेशनमा विभिन्न पदमा प्रत्यासी साथीहरुलाई सस्तो लोकप्रियताका लागि गैरजिम्मेवार र हुनै नसक्ने कुरा नगर्न आग्रह गरे ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  १० : २४ बजे

क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन

नेपालगन्ज । बाँकेमा क्रियाशील पत्रकार महिला बाँकेले नयाँवर्षको शुभकामना आदान

भोलिदेखि नेपालगन्जमा ‘स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ : तयारी पूरा

नेपालगन्ज । भोलिबाट नेपालगन्जमा सुरु हुने ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा

काठमाडौँबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकलयात्रा’

काठमाडौँ । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनीःपेडल

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना