काठमाडौ । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
संसद भवनको ल्होत्से हलमा आज आइतबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । कांग्रेसले प्रधानमन्त्रीले प्रचण्डलाई भोलि विश्वासको मत दिने निर्णय पनि गरेको छ ।
नयाँ परिस्थितिमा बनेको गठबन्धनलाई मध्यनजर गर्दै सरकारमा सहभागी हुने निर्णय भएको कांग्रेस प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए । महतलेसरकारले संविधानको रक्षा, विकास र सम्मृद्धि, स्थिरतालाई केन्द्रमा राखेर काम गर्ने अपेक्षा रहेको जनाए ।
यो निर्णयसँगै अब आइतबारबाटै कांग्रेस संसदमा सत्तापक्षको बेञ्चमा बस्नेभएको छ । यसअघि कांग्रेस प्रतिपक्षी बेञ्चमा बस्दै आएको थियो ।



















प्रतिक्रिया