१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

दुई करोड अमेरिकी नागरिक कोरोना संक्रमित हुन सक्ने



एजेन्सी । कोरोना संक्रमणको सर्वाधिक महामारी झेलिरहेको अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोनाभाइरस सङ्क्रमण भइसकेको हुनसक्ने अनुमान गरिएको छ ।

अमेरिकाको सेन्टर्स फर डिजिजेज् कन्ट्रोल सिडिसीले सङ्क्रमितको वास्तविक सङ्ख्या अहिले पुष्टि भएका सङ्क्रमितभन्दा १० गुणा बढी हुनसक्ने जनाएको हो ।

सङ्क्रमित र अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढेपछि टेक्सस राज्यले पूर्ण रूपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेकै बेला यस्तो खुलासा भएको हो ।

वल्डोमिटरका अनुसार अमेरिकामा संसारकै सबैभन्दा बढी २५ लाख बढीमा सङ्क्रमण देखिएको छ भने १ लाख २६ हजार ७ सय बढीको मृत्यु भैसकेको छ ।

केही दिनदेखि दक्षिणी र पश्चिमी राज्यहरूले सर्वाधिक सङ्क्रमण भएको विवरण सार्वजनिक गरिरहेका छन् ।वाशिङ्गटन विश्वविद्यालयले आगामी अक्टोबर महिनासम्ममा १ लाख ८० हजारको मृत्यु हुने अनुमान गरेको छ ।

तर ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाए त्यो सङ्ख्या १ लाख ४६ हजार मात्र हुने उसको अनुमान छ ।

‘अहिलेका लागि हाम्रो सबैभन्दा उत्कृष्ट अनुमान भनेको जति सङ्क्रमणहरू थाहा भएका छन् वास्तवमा ती हरेक सङ्क्रमणमा अन्य १० सङ्क्रमण छन ।’ सीडीसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले बताए ।

उनले भने, ‘हामीले अपनाएको विधिका आधारमा मार्च, एप्रिल र मे महिनामा हामीले सम्भवतः महामारीको १० प्रतिशत मात्र पहिचान गर्न सक्यौँ होला ।’

उनले अमेरिकाको पाँचदेखि आठ प्रतिशतसम्म जनसङ्ख्या भाइरसको सम्पर्कमा आइसकेको भन्दै अमेरिकीहरूलाई सामाजिक दूरी कामय गर्न, मास्क लगाउन र हात धुन आग्रह गरेको बिबिसीले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ७ : १२ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो