२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन



वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमको ७१ वर्षको उमेरमा निधन भएको छ । उनको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमार्फत निधनको पुष्टि गरेको हो ।

विदेश नीतिमा स्पष्ट धारणा राख्ने नेताका रूपमा परिचित ग्राहम पछिल्ला वर्षहरूमा युक्रेनलाई अमेरिकी समर्थन जारी राख्नुपर्ने पक्षमा खुलेर बोल्दै आएका थिए । साथै, इरानप्रति कडा नीतिको वकालत गर्ने नेतामध्ये उनी अग्रपंक्तिमा गनिन्थे ।

साउथ क्यारोलिनाका रिपब्लिकन सिनेटर ग्राहमको शनिबार साँझ निधन भएको कार्यालयले जनाएको छ । विज्ञप्तिअनुसार उनी केही समयदेखि अस्वस्थ रहे पनि निधन अप्रत्याशित रूपमा भएको हो ।

उनको परिवारले शोकको यस घडीमा गोपनीयताको सम्मान गर्न आग्रह गरेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार शनिबार राति उनको निवासबाट स्वास्थ्य समस्या देखिएपछि आपत्कालीन सेवाको टोली परिचालन गरिएको थियो ।

ग्राहमको निधनपछि अमेरिकी राजनीतिक वृत्तमा शोक व्यक्त गर्ने क्रम जारी छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै ग्राहमलाई राष्ट्रप्रति समर्पित नेता र सच्चा देशभक्तको संज्ञा दिएका छन्। ट्रम्पले उनको निधनले अमेरिकी राजनीति र कूटनीतिमा ठूलो क्षति पुगेको बताएका छन् ।

सन् २०१६ मा राष्ट्रपतिको उम्मेदवार बनेका ग्राहम प्रारम्भिक चरणमै प्रतिस्पर्धाबाट बाहिरिएका थिए । त्यतिबेला ट्रम्पका कटु आलोचक रहेका उनी पछिल्ला वर्षहरूमा ट्रम्पका प्रमुख राजनीतिक सहयोगीमध्ये एक बनेका थिए ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ग्राहमलाई इजरायलको घनिष्ठ मित्रका रूपमा स्मरण गरेका छन् । उनले ग्राहमले अमेरिका र इजरायलबीचको सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि ग्राहमप्रति श्रद्धाञ्जली व्यक्त गर्दै युक्रेनप्रति उनको समर्थन र प्रतिबद्धताको प्रशंसा गरेका छन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले ग्राहमलाई दृढ र निडर नेताका रूपमा स्मरण गरेकी छन् ।

साउथ क्यारोलिनामा हुर्किएका ग्राहम सन् १९९४ मा पहिलोपटक अमेरिकी प्रतिनिधिसभामा निर्वाचित भएका थिए । त्यसपछि उनी अमेरिकी सिनेटमा प्रवेश गरी पटक–पटक निर्वाचित भए । राजनीतिमा आउनुअघि उनले अमेरिकी वायुसेनामा कानुनी अधिकृतका रूपमा सेवा गरेका थिए र कर्नेल पदसम्म पुगेका थिए ।

उनको निधनसँगै अमेरिकी राजनीति, विदेश नीति र राष्ट्रिय सुरक्षासम्बन्धी बहसमा प्रभावशाली आवाजको अन्त्य भएको टिप्पणी गरिएको छ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ७ : ४९ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु