काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले सरकारमा सहभागिताका लागि अन्य दलसँग छलफल गर्न कार्यदल गठन गरेको छ ।
बैठकले सरकार गठनको प्रक्रियामा निर्णय लिन तीन सदस्यीय कार्यदल बनाएको हो । कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेका छन् ।
कार्यदलले प्रधानमन्त्रीसहित कांग्रेस लगायतका दलसँग आफ्नो दलका लागि मन्त्री पदसंख्या र मन्त्रालयबारेमा बार्गेनिङ गर्नेछ । यस्तै, सरकारको नीति तथा कार्यक्रमका विषयमा पनि कार्यलले छलफल गर्नेछ ।



















प्रतिक्रिया