१ आश्विन २०८३, बिहिबार | September 17, 2026

अफगानिस्तान भूकम्प : कम्तिमा ११ जनाको मृत्यु, पाकिस्तानदेखि भारतसम्म कम्पन



काठमाडौं । अफगानिस्तानमा मंगलबार राति सवा १० बजेतिर गएको ६.५ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

यस्तै एक सयभन्दा धेरै जना घाइते भएका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजिएस) का अनुसार राति १० बजेर १७ मिनेट जाँदा आएको भुइँचालो ६.५ म्याग्निच्युडको थियो ।

भुइँचालोको कम्पन पाकिस्तानदेखि भारतको राजधानी दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको थियो । भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको राजधानी काबुलबाट ३०० किलोमिटर दूरीमा रहेको जुर्म भन्ने ठाउँमा रहेको युएसजिएसले जानकारी दिएको छ ।

उक्त भूकम्पमा परी उत्तरपूर्वी प्रान्त लाघमानमा कम्तिमा पनि दुई जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले अमेरिकी समाचार संस्था सिएनएनलाई बताएका छन् । उनका अनुसार कम्तिमा आठ जना घाइते भएको रिपोर्ट प्राप्त भएको छ ।

उक्त भूकम्पबाट पाकिस्तानमा प्रभाव बढी परेको छ । पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको खैबर पख्तसनख्वा प्रान्तमा दुई बालबालिकासहित ९ जनाको मृत्यु भएको छ ।

खैबुर पख्तुनख्वा प्रान्तमै भूकम्पका कारण सय जनाभन्दा बढी घाइते भएका छन् । भूकम्पको कम्पनका कारण आएको पहिरोले उत्तरी पाकिस्तानी सहर एबोटाबादमा सडकसमेत अवरुद्ध भएका छन् ।

यो भूकम्पको तरंग जमिनको सतहभन्दा २१२ किलोमिटर मुनिबाट सुरू भएको थियो । अफगानिस्तानमा भने सतहभन्दा निकै तलबाट भुइँचालो तरंग उत्पन्न भएकाले त्यसको कम्पन निकै टाढा पाकिस्तानदेखि भारतसम्म महसुस गरिएको बताइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ८ : १९ बजे

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा

तीन लाखमुनि ओर्लियो सुनको मूल्य, यस्तो छ आजको मूल्य

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग

चितवन । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको