१५ बैशाख २०८१, शनिबार | April 27, 2024

लोसपाद्वारा बैठक आह्वान



काठमाडौं । आगमी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टी बैठक बोलाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपाले आज बस्ने बैठकमा बैशाख १० गते हुने उपनिर्वाचन, सरकारमा सहभागिता, सङ्गठन विस्तारलगायतका विषयमा छलफल हुने पार्टीका कार्यकारिणी समिति सदस्य केशव झाले जानकारी दिए ।

लोसपाले बारा-२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरिरहेको भए पनि सत्ता गठबन्धनमा एक मात्र साझा उम्मेदवार बनाउने सहमति भएमा लोसपाले उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा समेत छलफल हुने जनाइएको छ ।

लोसपाले सरकारमा सहभागी हुने तयारीसमेत गरिरहेको र उक्त विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ६ : ३१ बजे

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै