२४ मंसिर २०८२, बुधबार | December 10, 2025

६ दलले समर्थन फिर्ता लिएपछि लुम्बिनी सरकार अल्पमतमा



बुटवल । नेकपा माओवादी केन्द्र सहित ६ दलले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेका छन् ।

त्यस अघि माओवादी सहित सहभागि साना दलका मन्त्रीहरुले राजिनामा दिएका थिए । माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा, जसपा, एकीकृत समाजवादीले मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर उनीहरुले मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी गराएका छन् । यो संगै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिला गिरीको सरकार अल्पमतमा परेको छ । गिरीले अब एक महिनाभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्नेछ ।

संघमा बनेको नयाँ गठबन्धन अनुसार माओवादी सहितका साना दलले मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिएका छन् । अब लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना छ ।

खासगरी लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्रीमा आफ्नो दावी भएको बताइरहेका छन् ।

लुम्बिनीमा ८७ जना सांसद छन्। नयाँ सरकार गठनका लागि ४४ सांसदको समर्थन जरुरी हुन्छ ।

प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४-४, जनमत पार्टी र जसपाका ३-३, एकीकृत समाजवादीका १ र २ स्वतन्त्र सांसद छन् ।

लुम्बिनीका ३ स्वतन्त्र सांसदमध्ये २ जना माओवादीमा प्रवेश गरिसकेका छन् ।
गत पुस २७ मा एमालेका गिरी मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ३ : २१ बजे

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय

भोलि नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरिय एकता

मानवअधिकारको पूर्ण कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौती : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोवक पुष्पकमल दाहाल प्रचण्डले मानव

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित छ जना सिफारिस

बुटवल । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न छुट्टै सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गरिने

काठमाडौं । सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ